अपडेट 
२०७७ फाल्गुन २६, बुधबार ०६:५१

व्यवसायिक प्रवद्र्धन गर्ने उद्येश्यले महोत्तरीमा मंगलबारदेखि तेश्रो बर्दिबास महोत्सव शुरु भएको छ । मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेपछि महोत्सव शुरु भएको हो ।

‘आपसि सद्भावको पहिचान, बर्दिबासलाई नमूना शहर बनाउने हाम्रो अभियान’ नार ासहित तेस्रो बर्दिबास महोत्सव शुरु भएको हो । बर्दिबास उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सो महोत्सवमा हस्तकला, कृषिजन्य उत्पादनका प्रदर्शनीका स फोटा प्रदर्शनी समेत रहेको छ । मुख्यमन्त्री राउतले महोत्सवको शुभारम्भ गर्दै स्थानीय व्यापार, कृषि एवं पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री राउतले बर्दिबासको विकासप्रति सन्तुष्टि व्यक्त गर्दै थप विकास गर्न प्रदेश सरकारले हरसम्भव सहयोग गर्न तयार रहेको बताए । बर्दिबासको सार्वजनिक स्थलको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्दै मुख्यमन्त्री राउतले यसको लागि प्रदेश सरकारले सहयोग गर्न तयार रहेको बताए ।

प्रदेशसभा सदस्य शारदा थापालमहोत्सवलाई सभ्य र भव्य बनाउनुपर्नेमा जोड दिइन् । आयोजकहरु बढीभन्दा बढी व्यापारीहरुलाई महोत्सवमा जोडनुपर्ने तर्क उनले गरिन् । कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले महोत्सवमा आउनेलाई अनुभूती हुने गरी सुरक्षाव्यवस्था मिलाउने बताए । बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रह्लाद क्षेत्रीले महोत्सवको आम्दानी बर्दिबासस्थित रेडक्रसको ‘ब्लड बैंक’लाई सहयोग गर्ने जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News