अपडेट 
२०७७ फाल्गुन २६, बुधबार ०६:५६

रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नंबर ९ ब्रह्मपुरीबाट सशस्त्र प्रहरीको गस्ती टोलीले रक्सीको कारोबार गर्ने तीन जना लाइ पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल¸ नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटिई गएको टोलीले जिल्ला रौतहट राजदेवी नगरपालिका – ०९ ब्रम्हपुरी स्थित चेकजाँच गर्ने क्रममा अबैध रुपमा नेपालबाट भारततर्फ मुल्य रु ३२¸ हजार बराबरको ४० कार्टुन सोफी मदिरा लैजादै गरेको अवस्थामा उक्त व्यक्तिलाइ सोफी मदिरा सहित नियन्त्रणमा लिइएको गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूरज सेन वलीले जानकारी दिनु भएको छ ।

नेपालमा सस्तो पाउने सौफी रक्सी भारतमा चर्को मूल्यमा विक्री हुने गरेकोले रक्सीको कारोबारमा नेपाली तथा भारतीय युवाहरु संलग्न भएको छ । नेपालबाट भारतमा रक्सी लैजाँदै गरेको अवस्थामा स्थानीय जिल्ला रौतहट राजदेवी नगरपालिका – ०९ बस्ने वर्ष ४० को असरत महतो, वर्ष २४ को श्री महतो र वर्ष १७ को ऐजु महतो पक्राउ परेकोमा कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

Comment


Related News

Latest News

Trending News