अपडेट 
२०७७ फाल्गुन २६, बुधबार ०८:५६

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने छ । तालिकाअनुसार पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने छ । फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा जेठ २८ गते हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा उल्लेख छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको थियो ।

परीक्षा तालिका

Comment


Related News

Latest News

Trending News