अपडेट 
२०७७ फाल्गुन २६, बुधबार १३:२२

पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको अरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बाराको साविक भतौडा गाविस ८ घर भई कलैया उपमहानगरपालिका २३ बस्ने ३८ वर्षीय जयराम राउत कुर्मीलाई पक्राउ गरिएको हो । फागुन २५ गते वीरगञ्ज ६ स्थित माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोवार ९हुण्डी० भईरहेको सूचना प्रहरीकोमा आएको थियो । प्रहरीले सोही ट्रेडर्समा काम गर्ने कुर्मीलाई स्रोत खुल्न नसकेको नेपाली ७ सात लाख ७५ हजार ४ सय ७० रुपैयाँ, भारतीय रुपैया ७ हजार ४ सय तथा उनको साथबाट बब्लु राजको नाममा जारी भएको नगद २ लाख र राम प्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजारको चेक समेत बरामद गरेको छ । उनी विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्र्तगतको कसुरमा अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कर्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । ट्रेडर्सका सञ्चालक हाल फरार रहेकोले खोजी भईरहेको उनको भनाई छ ।

Comment


Related News

Latest News

Trending News