![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/03/IMG_86711.jpg)
वीरगञ्जबाट प्रहरीले लागु औषध गाजा सहित एक जना पक्राउ परेका छन् ।
वीरगञ्ज १८ बस्ने १९ वर्षीय प्रिन्स पटेललाई पक्राउ गरिएको हो । मंगलबार साँझ ७ बजे वीरगञ्ज ११ स्थित अल्पाईन बोर्डिङ स्कुल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ना.४६ प.५३२९ नम्बरको मोटरसाईकल रोकी चालक पटेलको शरीर तथा सवारी साधन खानतलासी गर्दा कालो ब्यागमा ३ किलो लागु औषध गाजा फेला परेको प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । मोटरसाईकल तथा लागु औषध गाजा सहित लागु औषध कसुर मुद्दामा थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।