२०७७ फाल्गुन २६, बुधबार १४:४८
प्रतिनिधि सभाकाे बैठक मंगलवारसम्मका लागि स्थगित गरिएकाे छ ।
निर्धारित समयभन्दा केही ढिला गरी शुरु भएको बैठकमा दिवंगत सांसद तथा नेताहरुको सम्मानमा एक मिनेट मौनधारण गरी बैठक स्थगित भएको हो । यसअघि सभामुख अग्नीप्रसाद सापकोटाले दिवंगत सांसद तथा नेताहरुको नाम पढेर सुनाउनुभएको थियो । प्रतिनिधि सभाकाे अर्काे बैठक चैत्र ३ गते मंगलवार अपरान्ह १ बजे बस्नेछ ।


