२०७७ फाल्गुन २६, बुधबार १७:२९

एभरेष्ट बैक जनकपुरधामले बुधबारबाट जानकी मन्दिरमा अत्याधुनिक तरीकाले भेटी चढाउन सकिने क्यु आर कोडको व्यवस्था गरेको छ ।

अहिले डिजिटलाईज बैकिकको जमाना रहेकोले अधिकांश व्यक्तिले ई पेमेन्ट प्रयोग गर्दै आएको कुरालाई मध्येनजर गर्दै जानकी मन्दिरमा भेटी चढाउन थप सहज गर्न क्यु आर कोड स्केन सेवा जानकी मन्दिरमा आजबाट सुरु गरेको एभरेष्ट बैंक जनकपुरका ब्रान्च म्यानेजर बिनय उपाध्यायले बताउनु भयो । मन्दिर दर्शन गर्न आउनेहरुका लागि श्रद्धालुहरुले आफ्नो स्मार्ट फोनमा भएको ई सेवा वा फोन पे एप प्रयोग गरि आफ्नो ईच्छा बमोजिम जानकी मन्दिरको खातामा भेटी चढाउन सक्ने एभरेष्ट बैंकका डिजिएम डा. सन्दीप कुमारले बताउनुभयो । क्यु आर कोड माध्यमबाट स्केन गरि भेटि चढाउँदा उक्त रकम सिधा जानकी मन्दिरको एभेरेष्ट बैंकमा रहेको खातामा जाने ब्रान्च म्यानेजर उपाध्यायले बताउनुभयो । बैंकका डिजिएम डा. कुमारले रिबन काटेर क्यु आर कोडको उदधाटन गर्नुभएको थियो ।

Comment

Related News

Latest News

Trending News