अपडेट 
२०७७ फाल्गुन २७, बिहीबार ०७:००

प्रदेश २ को प्रदेश सभामा नेकपा संसदीय दलका नेता शत्रुधन महतोको पद गुमेको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाइृ खारेज गरि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र ब्युँतआएपछि प्रदेश सभामा नेकपा संसदीय दलका नेता महतोको पद गुमेको हो । सर्वोच्चको आदेशपछि दुवै पार्टीलाई दलका नयाँ नेता छनौट गर्नुपर्ने प्रदेश सभाका सभामुख सरोज कुमार यादवले बताए । फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वय गर्दै निर्वाचन आयोगले प्रदेश सभालाई नेकपालाई खाजेर गरि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रलाई मान्यता दिन परिपत्र गरेपछि दुवै पार्टीलाई दलका नेता छान्नु पर्ने भएको छ । नेकपा पार्टी खारेज भएपछि नेकपाका संसदीय दलका नेता सत्रुधन महतोको पद पनि गुमेको छ । तत्कालिन नेकपा विभाजित हुने अवस्थामा पुगेकपछि वहुमतले सत्यानारण मण्डललाई हटाएर महतो नेकपाका संसदीय दलका नेता चुनिएका थिए ।

निर्वाचन आयोगले नै प्रदेश सभालाई पठाएको पत्रको मितिदेखि नै संसदीय दलका नेताको रुपमा महतोले पाउने सेवा सुविधा बन्द हुने सभामुख यादवले बताए । तत्तकालिन नेकपा एमालेका संसदीय दलका नेता सत्यनारण मण्डल र माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डल थिए । नेकपाका दुई समुह अर्थात प्रचण्ड–नेपाल र ओलि समुहमा विभाजत भएपछि सत्यानारण मण्डल ओलिकै समुहमै थिए भने रामचन्द्र मण्डल आफ्नो समुह परिवर्तन गर्दै ओलि समुहमा लागेका थिए । ‘दुई पार्टी बीच एकिकरण हुदाँ संसदीय दलका नेता एउटा चयन भएको थियो, सभामुख यादवले भने,‘ अव दुई पार्टी पुनः अलग अलग भएपछि संसदीय दलका नेता पनि अलग अलग हुन्छन् । दुवै पार्टीलाई पुनः संसदीय दलका नेता छनौट गर्नुपर्ने हुन्छ ।’ सत्यनारण मण्डलललाई एमालेका संसदीय दलका नेता हुन कठिनाई नभएपनि रामचन्द्रलाई पुनः माओवादी केन्द्रका संसदीय दलका बन्न चुनौती छ ।

ओलि समुहमा लगेका सांसद मण्डल मओवादीको दलको नेता चयन बारे छलफल नभएको बताए । माओवादी केन्द्रबाट ओलि समुहका गएका प्रतिनिधी सभा सदस्य, प्रदेश सभा सदस्य, मेयर उपमेयर लगायतका बीच अगामी रणनीतिको विषयमा छलफल भईरहेको सासद मण्डलले बताए ।

Comment


Related News

Latest News

Trending News