अपडेट 
२०७७ फाल्गुन २८, शुक्रबार ०७:२७

धनुषा जिल्लाको सखुवा महेन्द्रनगरमा अवस्थित क्षिरेश्वर डिस्टिलरीका सञ्चालकको हत्या गरेका सालो धरौटीमा रिहा भएको छ ।

डिस्टिलरीको शेयर विवादमा भिनाजुलाई हत्या गरेको आरोपमा पक्राउ परेका सालो बुधवार जिल्ला अदालतबाटधरौटीमा रिहा भएको हो । न्यायधिश केशव घिमिरेको इजलासले खातीलाई १ लाख धरौटीमा छोडने आदेश दिएको हो ।धरौटीमा भएको खातीको रिहाई अहिले चर्चामा रहेकोछ । जिल्ला सरकारी वकील कार्यालय धनुषाका प्रमुख सिताराम अर्यालले कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने अभियोगमा मंगलबार थुनछेक बहस गरेपछि प्रतिवादीका तर्फबाट कानुनव्यवसायीहरुले बहस गरेका थिए । अभियोग लगाएका अर्यालले प्रतिवादीका तर्फबाट कानुनव्यवसायिहरुले उठाएका सवालको जवाफ दिन अदालतमा उपस्थित नहुदा पीडित पक्षले उनीमाथि आशंका गरेका छन् । विपक्षीको जवाफ नदिइ अर्याल बुधबार दिउसो काठमाण्डु हानिएका थिए । आर्थिक लेनदेन गरेका कारण मुद्दा कमजोर बनाउन अर्यालले जवाफ नदिइ काठमाण्डु लागेको हुन सक्ने आशंका गरिएको छ । तर, अर्यालले काम िव श े ष् ा ल े काठमाण्डु जानु पर्दा स र क ा र ी व िक ल कार्यालयका स ह ा य क न्यायधिवक्ताले जवाफि बहस गरेको दावी गरे । डिस्टिलरीका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको हत्या गरेको आरोपमा पक्राउ परेका धनुषा क्षीरेश्वरनाथ नगरपालिका–७ का निरज खातीलाई जिल्ला अदालत धनुषाले १ लाख धरौटी राखेर छोडेको हो ।

माघ १२ गते राती टाउकोमा लाठी प्रहर गरी हत्या गरिएको रेग्मीको शव भोलि पल्ट बिहान उद्योग परिसरकै कोठामा फेला परेको थियो । ३५ बर्षीय खाती मृतक रेग्मीका साला हुन् । प्रहरीका अनुसार खातीले सेयर लगानीसम्बन्धी विवादमा आफूले बँसको लठ्ठीले टाउकोमा हानेर हत्या गरेको स्वीकारेका थिए । आरोपितले हत्या स्वीकारिसकेको र प्रयाप्त प्रमाण हुँदाहुँदै धरौटीमा छोडिएपछि अनुसन्धानमा खटिएका प्रहरी आश्चर्यचकित भएका छन् ।एकजना प्रहरी अधिकृतले भने ‘ हामीले त सुक्ष्म अनुसन्धान गरेर मुद्दा दर्ता गरेका हौं । कसरी धरौटीमा छाड्ने आदेश आएको हो थाहा भएन ।’ तर कानुनव्यवसायीहरु आरोपितले प्रहरी समक्ष हत्या स्वीकार गर्दैमा अदालतले मान्न नसक्ने बताउछन् । अपराध गरेको प्रहरीमा स्वीकार गरेको छ भनेपनि त्यसैको अधारमा अदालतले दोषी ठहरगरि सजाय नदिन सक्ने कानुनव्यवसायीहरुको तर्क छ । बेलाबखत अदालतको फैसला चर्चामा आउने गरेको छ ।तर कतिपय बेला चर्चामा आएजस्तो विषयवस्तु नरहेको कानुन व्यवसायीहरुको कथनछ । जिल्ला अदालतमा धनुषाको बहुचर्चित हत्या सम्बन्धी मुद्दाका अभियुक्तहरुको फैसला हुने समय नजिकिन थालिएकोछ ।अभियृुक्तका निकटवर्तीहरुले अदालतबाट सहजै छु्टने चर्चा चोकहरुमा गर्न थालेका छन् । बिहान बेलुका चर्चा हुने यस्ता विषयले फैसलाप्रति प्रश्न उठने गरेकोछ ।

अदालतले फैसला दिनु अगावै अभियुक्तका पक्षले छुट्ने भन्ने र त्यो छुटिपनि हाले आशंका हुन थाल्छ ।तर कानुन व्यवसायीहरुले भने, बजारमा चर्चा भएको अधारमा अदालतको फैसला प्रभावित हुँदैन् । क्षिरेश्वर नगरमा भएको हत्याका मुख्य अभियुक्त १ लाख धरौटीमा रिहा भएपछि त्यसले व्यापक चर्चा भएको छ ।

Comment


Related News

Latest News

Trending News