अपडेट 
२०७७ फाल्गुन २८, शुक्रबार ०७:४०

वरपुरमा बाँके खोलाबाट प्रहरीकै संरक्षणमा अवैध ढंगले गिट्टी, बालुवा तस्करी गर्ने जेसीबी र टिपरलाई कारवाही गरिएको छ ।

नदी उत्खन ठेक्का लिएका ठेक्केदारले रातीको समयमा उत्खनन गरेर निकासी गर्ने तीनवटा टिपर र दुईवटा जेसीबीलाई नियन्त्रण लिएका बुझाएपछि दण्ड जरिवाना गरेर छाडिएको हो । फागुन १७ गते ठेक्केदारले नै पक्राउ गरेर प्रहरी चौकी श्रीनगरमा बुझाएका तीनवटा टिपर र दुईवटा जेसीबीलाई जरिवाना गरिएको हो । नगरपालिका कार्यालयको जिम्मा लगाएको जेसीबीलाई १५ हजारका दरले र टिपरलाई ईश्वरपुर नगरपालिका कार्यालयले १० हजारका दरले दण्ड जरिवाना गरेर छाडेको हो । अवैध ढंगले उत्खनन गर्दा बनेको खाल्डो पुर्नका लागि यत्तिका दिनसम्म जेसीबी र टिपरलाई नियन्त्रणमा राखेर खाल्डो पुरेपछि मात्रै आगामी दिनमा यस्तो गतिविधि नदोहो¥याउने शर्तमा छाडिएको इश्वरपुर नगर नगरप्रमुख मनोज ेवकोटाले बताए । नगरपालिकाका जनप्रतिनिधि र प्रहरीकै संरक्षणमा बाके नदीमा अबैध उत्खनन भइरहेको छ । उत्खननकालागि नदी ठेक्का लगाएको नगरपालिकाले अनुमन समेत गरेको छैन ।

उत्खनन भएको परिमाणको स्टक तथ्या समेत नगरपालिकासंग उपलब्ध छैन । नदीमा बालुवा उत्खनन गरेर राजश्व नबुझाएपछि ठेक्केदारले नै बाके नदीमा रातीको समयमा उत्खनन गर्न प्रयोग भएका तीनवटा टिपर र दुईवटा जेसीबी नियन्त्रणमा लिएका थिए । सर्लाहीमा बाँकेसहित फूलजोर, कालिन्जोर, लखन्देही र बागमती खोलामा मापदण्ड विपरीत अत्यधिक मात्रामा दोहोन भइरहेको छ । पूर्व–पश्चिम राजमार्गबाटै प्रष्ट देखिने गरी जथाभावी उत्खनन भइरहेको छ । ठेक्का लगाइएका ठाउँहरुमा समेत स्थानीय तहहरुले बेवास्ता गर्दा दुर्घटना निम्तने गरी अत्यन्त ठूल्ठूला खाल्डो पारेर गिट्टी, बालुवा निकाल्ने काम भइरहेको छ । महोतरी–सर्लाही सिमाना बाके नदीमा राजनीति संरक्षणमा सागरनाथ वन क्षेत्रमा अबैध उत्खनन फस्टाएको हो ।

अबैध नदी उत्खनन गर्ने गिरोहबाट महोतरी र सर्लाहीका प्रहरी प्रमुख, इलाका प्रहरी प्रमुख, प्रहरी चौकीका इन्चाज, नगर प्रमुख र दलका नेताले मासिक रुपमा रकम बुझदै आएको छ ।

Comment


Related News

Latest News

Trending News