अपडेट 
२०७७ फाल्गुन २८, शुक्रबार ०८:५१

भारतको महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण दर फेरि तीब्र भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा १३ हजार ६ सय ५९ नयाँ कोरोना संक्रमति थपिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो संख्या पछिल्लो २४ घण्टामा कोरोनाबाट अत्याधिक प्रभावित राष्ट्र रुस, बेलायत, स्पेन र जर्मनीमा देखिएको भन्दा पनि बढी हो । महाराष्ट्रको पछिल्लो अवस्थाप्रति भारतको केन्द्र सरकारले पनि चिन्ता व्यक्ति गरेको छ । कोरोनाको परीक्षणमा आएको कमी र मानिसहरुको लापरवाहीका कारण यो अवस्था आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच महाराष्ट्र सरकारले केही ठूला सहरहरुमा कडा लकडाउन गरेको छ । नागपुरमा माच १५ देखि मार्च २१ सम्म कडा खालको लकडाउन गरिने भएको छ । यस्तै अमरावती र औरंगावादमा पनि राज्य सरकारले लकडाउन गरेको छ ।

Comment


Related News

Latest News

Trending News