अपडेट 
२०७७ फाल्गुन २८, शुक्रबार ११:२१

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य केही बढेपनि शुक्रबार पुनः घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार सुनको मूल्य तोलामा ८६ हजार ८०० र बुधबार ८६ हजार २०० नै रुपैयाँ रहेको थियो । यस्तै शुक्रबार तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच शुक्रबार चाँदीको मूल्य पनि घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ। यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १२८५ रुपैयाँ रहेको थियो ।

Comment


Related News

Latest News

Trending News