अपडेट 
२०७७ फाल्गुन २९, शनिबार ०८:१०

सिरहा । रमपम चौथो गोलबजार मेयर गोल्डकपको उपाधी एपीएफले हात पारेको छ ।

गोलबजार नगरपालीका र गोलबजार प्रतिभा कल्वको आयोजनामा सम्पन चौथो मेयर गोल्ड कपको आज आयोजक र एपीएफ विच भएको फाइनल खेलमा १ को विरुद्ध ४ गोल गर्दै एफीएफ विजयी भएको हो । विजेता एफीएफले प्रैथम पुरस्कार ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित ट्रफि हात पारेको छ । दोस्रो हुने आयोजक टिमले २ लाख २ हजार २ सय रुपैयाँ र ट्रफि पाएको छ । फाइनल खेलको सवै ४ गोल जर्सी नम्वर १८ का खेलाडी रवि तामाङ्गले गरेका थिए । उनले खेलको प्रथम हाफको १३, ३७ र ४७ मिनटमा एक एक गोल र दोस्रो हाफको अन्तिम समयमा थप एक गोल गरेका थिए । आयोजकका तर्फबाट ११ का खेलाडी जय गुरुङले १ गोल गरेका थिए । खेल अवधिका सर्वाधिक गोलकर्ताको उपाधी पनि एपीएफ जर्सी नम्वर १८ का खेलाडी रवि तामाङ्गले पाएका छन् । उनले ट्रफि सहित ३१ हजार नगद उपहार पाएका छन् । उनले आजमात्रै चार गोल र एस अघि २ गोल सहित ६ गोल गरेका थिए ।

खेलको उत्कृष्ट खेलाडी एपीएफकै प्रदिप लामा, उत्कृष्ट गोलकिपर आयोजकका सागर श्रेष्ठ, उत्कृष्ट डिफेन्स सनम लामा, उत्कृष्ट मिडफिल्डर मितिङ थापा भएका छन् । उनीहरु सवैलाई ट्रफि सहित ३१ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उदयमान खेलाडीको रुपमा आयोजककै निश्चल मोक्तान सम्मानीत भएका छन् । उनलाई ३१ हजार नगद सहित ट्रफि प्राप्त गरेका छन् । फागुन २१ बट सुरुभई २८ गते एक हप्तासम्म चलेको खेलमा ८ वटा टिम सहभागी रहेको थियो ।

Comment


Related News

Latest News

Trending News