अपडेट 
२०७७ फाल्गुन २९, शनिबार ०८:१७

राजविराज । सिक्ने लगन र इच्छाशक्ति प्रवल भए गरे जे पनि सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन सप्तरीको तिरहुत गाँउपालिका र कंचनरुप नगरपालिकाका गरिब, दलित, विपन्न र पिछडिएका अशिक्षित समुदाय । कोरोना अर्थात कोभिड–१९ को असर स्थानीय स्तरसम्म आउँदा यसबाट कसरी बाँच्ने र आफन्त छिमेकीलाई पनि कसरी बचाउने भन्ने सामान्य ज्ञान पनि नभएर त्रासमा बस्न बाध्य स्थानीयवासिन्दा अहिले कोरोना जोखिमबाट बच्ने सवै उपाय सिकेका मात्र छैनन् । व्यवहारमा लागु गर्दै आफन्त, छिमेकीदेखि वस्तीलाई नै सचेत गराउन सक्षम भएका छन् । यो परिवर्तन त्यत्तिकै सहजै भने आएको होइन । कोभिड–१९को जोखिमलाई ध्यानमा राख्दै कोशी पीडित समाज र अक्सफाम नेपालको संयुक्त साझेदारीमा विगत १० महिनादेखि ती स्थानीय तहको वडा वडामा स्वच्छताका लागी ब्यवहार परिवर्तन परियोजना घनिभुत रुपमा संचालनमा ल्याइएपछि यस्तो परिर्वतन देखिएको हो । तालिमको माध्यमले सीप र सचेतना मात्र होईन, लक्षित समुदायलाई कोरोनाबाट लड्न विभिन्न सुरक्षा समाग्री समेत उपलब्ध गराइएपछि यसको सदुपयोग गर्दै स्थानीय हज्जारौं वासिन्दा लाभान्वित भएका छन् । यस अघि ती वस्तीका वासिन्दालाई कोरोना के हो ? कसरी पैmलिन्छ र रोकथाम कसरी गर्ने भन्ने सम्म थाहा थिएन् । जसकारण त्रासमा बस्न बाध्य उनीहरुलाई संस्थाबाट परिचालित विज्ञ तथा तालिम प्राप्त सहजकर्ताहरुले तालिम र सीप संगै सुरक्षा समाग्री समेत उपलब्ध गराए पछी यस्तो परिवर्तन आएको स्थानीयवासी सकुन्तला देवीले सुनाईन् ।

कोरोनाको त्रासमा बाचेकाहरुको टुट्दै गएको मनोबल र मनोविज्ञान बुझ्दै संस्थाले वस्ती वस्तीमा पुगेर मनोविज्ञ मार्पmत मनोसामाजिक परामर्श तथा वास्तविक जीवनको सिकाई लगायतका कक्षा पनि संचालन गर्दा कार्यक्रम झन उपयोगी बनेको छ । यस्तो कक्षा संचालनमा आएपछि कोरोनाको त्रासका कारण मानसिक पीडामा रहेका स्थानीयको पीडा हराउदै गई जनजीवन समान्य तर्फ उन्मुख भएको मनोसमाजिक परामर्शदाता सुमन गुप्ताको भनाइ छ । युकेऐड र युनिलिभरको आर्थिक सहयोगमा उक्त परियोजना हाल सप्तरीको तिरहुत गाउँपालिकाको वडा १, २, ३, ४ र ५ का १ हजार परिवार तथा कंचनरुप नगरपालिकाको वडा १, २, ४, ५, ७, ९ र १० का १ हजार ५ सय परिवार प्रत्यक्ष लाभाविन्त भएको वडाध्यक्ष करिम शेख बताउँछन् ।संस्थाले परियोजना अन्र्तगत आमाका चमत्कारी हातहरु, वास्तविक जीवनको सिकाइ, समुदायमा पुरुष संलग्नता, हात धुने अभ्यास, हेल्पडेस्कको स्थापना, चित्रकला प्रर्दशनी र प्रतियोगिता, लैगिंक सचेतना, सडक नाटक लगायतका सचेतनामुलक कार्यक्रमका साथै रेडियो, टिभी, पत्रपत्रिका र पर्चा पम्प्लेट मार्फत समेत ब्यवहारमा परिवर्तनको वातावरण सहज बनाउने काम गरिरहेको छ । सबैको सकारात्मक सहयोग र उत्साहजनक सहभागिताले लक्षित समुदायमा प्रभावकारी ढंगले काम गर्न सफलता मिलेको परियोजना संचालक संस्थाका कार्यकारी निर्देशक देव नारायण यादवको भनाई छ । यस कार्यक्रमले कोरोना सिर्जीत विपद् को समयमा त्रासबाट मुक्ती, आनीवानीमा सुधार एवं ब्यवहार परिवर्तनमा पनि उल्लेख्नीय योगदान गरेको छ । मुख्यत आमा, महिलाहरुमा सिक्ने र जान्ने अवसरका साथै लैगिक सचेतना र घरायसी कामकाजमा पुरुषको सहभागिता र कामकाज वाँडफाडको चेतनाको विकास समेत गराएको देखिएको छ । तसर्थ यस्ता कार्यक्रमलाई निरन्तरता र अन्य स्थानीय तहमा समेत विस्तार गर्दा अझ फलदायी हुने स्थानीय बुद्धिजीवीहरुको सुझाव छ ।

Comment


Related News

Latest News

Trending News