अपडेट 
२०७७ चैत्र १, आईतवार ०७:३७

गौर । रौतहटको सदरमुकाम गौरस्थित राईस मिलको मैदानमा शनिवार भएको अन्तर जिल्ला मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा रौतहट महिला क्रिकेट टीम विजयी भएको छ ।

रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा भएको सो मैत्रीपूर्ण क्रिकेट खेलमा बारा जिल्ला महिला क्रिकेट टीमलाई पराजित गर्दै रौतहटका आईविएको महिला क्रिकेट टीम विजयी भएको हो । टस जितेर पहिलो बलिङ रोजेका आईवीए क्रिकेट टीमले बारा क्रिकेट टीमलाई ४ विकेटले पराजित गरेको आयोजक संस्थाले जनाएको छ । महिला शसक्तीकरण तथा क्रिकेट खेलमा बालिकाहरुलाई दक्षता हासिल गराउने उदेश्यले आयोजना गरिएको मैत्रीपूर्ण खेलमा पहिला ब्याटिङ गर्दै बाराले १२ ओभरमा ९ विकेट गुमाउदै ६५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । बाराको तर्पÞmबाट अलिसा यादव र साना प्रवीणले ३० रनको साझेदारी गरेका थिए । ६६ रनको लक्ष्य लिएर मैदानमा उत्रेका रौतहटका आईवीए टीमले ११ ओभरमा जित हासिल गरेको रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News