अपडेट 
२०७७ चैत्र १, आईतवार ११:२२

सरकारले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरेको खोपको अर्को खेप यही महिनाभित्र नेपाल आउने भएको छ ।

कम्पनीले यही महिनाभित्र बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले जानकारी दिए । यस्तै, कोभ्याक्समार्फत आउने खोपको थप १९ लाख डोज मे महिनामा आउने सम्भावना रहेको पनि उनले बताए । खोप आउनासाथ पालिकाहरुसँग समन्वय गरेर वितरण गरिने हुँदा केही ढिलो गरी खोप आए पनि कुनै समस्या नहुने उनको दाबी छ । नेपालले भारतसँग २० लाख डोज खोप खरिद गरे पनि १० लाख मात्रै नेपाल भित्रिएको छ । यस्तै, यसअघि भारतले अनुदानमा १० लाख डोज खोप दिएको थियो भने कोभ्याक्समार्फत अनुदानमा तीन लाख ४६ हजार खोप नेपाल भित्रिएको थियो ।

Comment


Related News

Latest News

Trending News