अपडेट 
२०७७ चैत्र १, आईतवार १४:००

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ ।

सिरहाको लाहन नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा करीब ६ जना घाइते र दुईजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राजभण्डारीले जानकारी दिएका छन ।

बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ । विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News