अपडेट 
२०७७ चैत्र १, आईतवार १७:०८

सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको विस्फोटमा गम्भीर रुपमा घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

धनगडीमाई नगरपालिका ४ सिरहाका ३५ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो ।कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा दिउँसो १ बजेतिर भएको विस्फोटमा परी ८ जना घाइते भएका थिए । घाइते नासु शिवकुमार यादवलाई भने एम्बुलेन्समा विराटनगर लगिएको छ ।अन्य ६ जना घाइतेको लहानमै उपचार भइरहेको छ । घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । तर, अहिलेसम्म औपचारिक रुपमा घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।

https://www.youtube.com/watch?v=ILiXaGRxX1s

Comment


Related News

Latest News

Trending News