अपडेट 
२०७७ चैत्र २, सोमबार ०७:०८

सिरहामा भएको बम विष्फोटमा परेर घाइते भएका दिनेश भण्डारीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सिरहाको मालपोत कार्यालयमा बम विष्फोट हुँदा घाइते भएका भण्डारीलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको हो ।
आइतबार दिउँसो मालपोत कार्यालयको दोस्रो तलामा बम विष्फोट हुँदा भण्डारी गम्भीर घाइते भएका हुन । प्रेसर कुकर बम विष्फोटमा परेर मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका छन् । घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पम्पलेट भेटिएको छ । उक्त समूहले विस्फोटको जिम्मा लिएको विज्ञप्तीमार्फत जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News