अपडेट 
२०७७ चैत्र २, सोमबार ०७:२१

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराजले शिक्षा नीतिलाई फराकिलो बनाउनका लागि सोच परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।

आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नं २५ लोहनास्थित मदर्सामा पुगेका प्रमुख अहिराजले पाठ्यपुस्तक जुनसुकै रहेपनि आफनो देशको वर्तमान र इतिहासको बारेमा जानकारी गराएर सच्चा र असल नागरिक बनाउन मद्दत गर्नका लागि आग्रह गरे । उनले सो मदर्सामा दुइवटा शिक्षकले नै अध्ययनरत बालबालिकाहरु अध्यापन गराउनु सराहनीय रहेको बताउदै धार्मिक शिक्षाका संगै प्रतिस्पर्धात्मक युगमा अगाडी बढनका लागि समाजिक शिक्षाका संगै देशका वर्तमान अवस्थाका बारेमा समेत पठनपाठन गराउनुपर्ने उनले थपे । प्रदेश प्रमुख अहिराजले जनकपुरधामका विभिन्न विद्यालयमा गएर शैक्षिक अवस्थाको बारेमा जानकारी लिनका लागि अनुगमन गर्दै आएको छ । सोहि क्रममा आइतवार जनकपुरधामकै ठुलो मदर्सा अन्तरगत रहेको जामे मस्जिदका विद्यार्थीहरुसंग शिक्षाको अवस्थाको बारेमा बुझेका थिए ।

विद्यालयका साना साना विद्यार्थीहरुलाई वर्तमान प्रधानमन्त्री, राष्ट्रपति लगायतको नाम थाहा नभएको देखेपछि उनले शिक्षकहरुलाई अतिरिक्त ज्ञान दिनका लागि आग्रह गरेका थिए । प्रदेश प्रमुख अहिराजलाई मदर्साका शिक्षक, मुस्लिम अगुवाहरुले स्वागत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News