अपडेट 
२०७७ चैत्र २, सोमबार ०७:३१

जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत महेन्द्रनगरमा प्रहरीकै संरक्षणमा यौनधन्दा भइरहेको रहस्य खुलेको छ ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ का स्थानीय महिलाहरुले सामूहिक रुपमा यसको विरुद्ध प्रदेश प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । मिथिला नृत्य मंच, विजय सहनीको होटल लगायत आदिवासी होटलमा खुलेआम यौनधन्दा भइरहेको आरोप उनीहरुले लगाएकी छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक राजेश जैसवालको संरक्षणमा यौनधन्दा भइरहेको महिलाहरुले आरोप लगाएकी छन् । केही समय यता व्यापारिक केन्द्रको रुपमा स्थापित हुन लागेको महेन्द्रनगरको मुख्यचोकमै रहेको गेष्ट हाउस, डान्सबार र होटलहरुमा यौन धन्दा मौलाएको हो । झोपडीहरुमा यस्तो क्रियाकलाप हुन थालेपछि छेउमा पारिवारिक जीवन बिताउन गाह्रो भइरहेको उनीहरुले दिएको निवेदनमा उल्लेख छ । मुख्य चोकमा यस्तो प्रकारको क्रियाकलाप रोक्न स्थानियहरुले केही दिन अघि प्रदेश प्रहरी कार्यालय जनकपुरमा लिखित जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको स्थानियहरुको गुनासो छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य द्वार रहेको महेन्द्रनगरमा खुलेआम यौनधन्दा भइरहेपनि प्रहरी मुकदर्शक बनेका छन् ।

https://www.youtube.com/watch?v=ILiXaGRxX1s

Comment


Related News

Latest News

Trending News