अपडेट 
२०७७ चैत्र २, सोमबार ०७:३७

भारत सरकारको सहयोगमा सर्लाही जिल्लाको मलंगवा नगरपालिकाको वडा नं. ३ र ४ मा कल्भर्ट र ढल निकास निर्माण गरेको छ ।

भारत सरकारको ४२.७८ मिलियनको आर्थिक सहयोगमा सर्लाही जिल्लाको मलंगवा नगरपालिकाको वडा न ३ र ४ मा बनेको कल्भर्ट र ढल निकासीको भारतीय राजदुतावासका महावाणिज्यदूत नितेश कुमारले शनिवार एक कार्यक्रमका विच उदघाटन गरेका छन् । सो कार्यक्रममा भारत को महावाणिज्य दूतावास, विरगंज र मलंगवा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत होमनाथ सुवेदी संयुक्त रुपमा उदघाटन गरेको जनाइएको छ । सो अवसरमा नेपाल भारत विकास सहकार्य कार्यक्रम अन्र्तगत भारत सरकारको अनुदान सहयोगमा कल्भर्ट र ढल निकासी निर्माण दुई प्याकेज मार्फत गरिएको जानकारी दिइएको थियो । पहिलो प्याकेजमा खानेपानी चोक देखि नगरपालिका चोक सम्म कुल आठ सय किलोमिटर र दोस्रो प्याकेज अन्र्तगत शिव सागर चोक सडक देखि विश्वकमा चोक सडक सम्म ५ सय मिटर रहेको जनाइएको छ । उक्त परियोजना भारत सरकार र नेपाल सरकार बिचको समझौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिईएको थियो । सो कल्भर्ट र ढल निकास निमार्णका लागि भारतिय दुतावास, काठमाण्डु र संघिय मामिला तथा सामान्य प्रशासन मंत्रालय अन्तर्गत नगरपालिका कार्यकारीको कार्यालय, मलंगवा नगरपालिका बिच सम्झौता भएको थियो ।

यो नवनिर्मित नालाले मलंगवा नगरपालिकाको ढल निकासी र सरसफाई प्रणाली बढाउने अपेक्षा गरिएको छ । उक्त परियोजनाले मलंगवा नगरपालिकामा रहेको ५ सय घरपरिवारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले लाभ पु¥याउने विश्वास लिइएको छ । यस परियोजनाले नेपाल र भारत बिचको विकास साझेदारीलाई प्रतिविम्वित गर्नुका साथै फोहोर व्यवस्थापनको क्षेत्रमा पुर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पु¥याएको भारत सरकारले विश्वास लिएको महावाणिज्यदूत नितेश कुमारले लिएको बताएका छन् ।

Comment


Related News

Latest News

Trending News