अपडेट 
२०७७ चैत्र २, सोमबार ०७:४१

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले लोकतन्त्र रक्षामा पत्रकारहरुको भुमिका अपरिहार्य रहेको बताएका छन् ।

सप्तरीमा आईतवार आयोजित जिम्मेवार तथा उत्तरदायी पत्रकारिता, सुरक्षित र ब्यबसायिक पत्रकारिताका लागि महासंघको भुमिका बिषयक अन्तरसम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रताको लागि लोकतन्त्रको सुरक्षा अपरिहार्य हुने बताए । लोकतन्त्र माथि प्रहार हुदा पत्रकार महासंघले खेलेको भुमिका बारे चर्चा गर्दै अध्यक्ष आचार्यले देशलाई संकट पर्दा महासंघ र पत्रकारहरुले राष्ट्रका लागि दिएको योगदानले मुलुकलाई दिशानिर्देश गर्न सफल भएको बताए । प्रेस स्वतन्त्रताको ग्यारेन्टी भए मात्र लोकतन्त्र जिबित रहन्छ, अध्यक्ष आचर्यले भने, राज्यले प्रेस स्वतन्त्रता माथी हस्तक्षेप गर्ने पटकपटकको प्रयास गर्दा असफल पारी अपठेरोबाट निकास दियौ । समानुपातिक बिज्ञापन ऐन, पत्रकारितालाई राष्ट्रिय सेवामुलक उद्योग र श्रमजीवी पत्रकारहरूका लागि न्युनतम पारिश्रमिक ऐन, आम संचार प्रतिष्ठान जस्ता पत्रकार र संचार क्षेत्रको लागि उल्लेखनीय कार्य आफ्नो नेतृत्वको पालमा गरेको बताउदै कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष आचार्यले अझै पत्रकारको पेशागत सुरक्षा र संचार क्षेत्रको बिकासका लागि पत्रकारहरुले जिम्मेवार र उत्तरदायी भएर कलम चलाउनु पर्नेमा जोड दिए ।

अध्यक्ष आचार्यले पत्रकारको पक्षमा बाध्यकारी कानुन निर्माण भएपनि कार्यान्वयनमा ल्याउन पत्रकारहरुलाई नै उत्तरदायी भएर काम गर्न आग्रह गरे । प्रेस काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरी भट्टराईले सुरक्षित र व्यावसायिक पत्रकारिताले मात्र संचार क्षेत्र र संचारकर्मीहरुको पेशागत सुनिश्चितता हुने बताए । आफू पनि श्रमजीवी पत्रकार भएरै काम गरेको बताउदै अध्यक्ष भट्टराईले राज्यबाट उपलब्ध सुबिधाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेश आमसंचार प्रधिकरण प्रदेश नम्बर २का अध्यक्ष श्यामसुन्दर यादवले स्थानीय स्तरमा रहेको मिडिया र श्रमजीवी पत्रकारहरुको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । देशमा भएको परिवर्तनमा स्थानीय पत्रकार र मिडियाले गरेको योगदानको स्मरण गराउदै अध्यक्ष यादवले पत्रकारहरुको क्षमता अभिबृद्वी गर्न कलेजमा पत्रकारिता पढाइ शुरु गर्ने तथा तालिम गोष्ठीहरुको आयोजना गरिने बताए । नेपाल पत्रकार महासंघ मधेसी समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ सप्तरीको समवन्यमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिब राम नारायण बिश्वास, प्रेस संगठन नेपाल प्रदेश नम्बर २ का ईन्चार्ज प्रकाश खतिवडा, केन्द्रिय सदस्य राजु बिश्वकर्मा, प्रेस मन्च नेपालका केन्द्रिय सदस्य बैधनाथ यादव, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्षहरु बैधनाथ झा, मुरली प्रसाद यादव, ब्यासशंकर उपाध्याय, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सपकोटा, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार एबम प्रेस युनियन सप्तरी अध्यक्ष श्रावण देव, आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारु, महासंघका उपाध्यक्ष सुधादेव लगायतकाले पत्रकारिता क्षेत्रमा बढेको बिकृती र समाचार संकलनमा आउने समस्या बारे धारणा राखे ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड् गाको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सचिब जितेन्द्र झाले गरेका थिए भने केन्द्रिय सदस्य एबम मधेसी समितिका संयोजक अबधेश झाले कार्यक्रमको औचित्यता बारे प्रकाश पारे ।

Comment


Related News

Latest News

Trending News