अपडेट 
२०७७ चैत्र २, सोमबार ०७:४५

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विभाजन भई पूर्ववर्त एमाले र माओवादी केन्द्रको रुपमा ब्यूतिएपछि प्रदेश २ मा माओवादीलाई धक्का लागेकोछ ।

माओवादी केन्द्रको आइतवार पेरिसडाँडामा बसेको बैठकमा पार्टी पूर्बवत अवस्थामा फर्किदाको अवस्थाबारे समिक्षा गरिएको छ ।समिक्षाको क्रममा प्रदेश २ का सहइञ्चार्ज विश्वानाथ साहले गरेको रिर्पोटिंग अनुसार देशभरिको तुलनामा प्रदेश २ मा ठूलो धक्का लागेको देखिएकोछ । प्रदेश २ बाट केन्द्रीय सदस्य भएकामध्ये तीन जना एमालेतिर गएका छन् । प्रभु साह, ज्वालाकुमारी साह र टेकबहादुर बलमपाकी एमालेतिर गएका हुन् ।प्रभु साह संघीय सांसद रहेका छन् ।उनी ओली सरकारमा सहरी विकास मन्त्री छन् । साहकी पत्नी मौलापुर नगरपालिका रौतहटकी मेयर रिना देवी साह र कटहरियाका मेयर सीयाराम कुशवाहा एमाले तिर गएका छन् ।रिना प्रभु साहकी पत्नी र कुशवाहा पूर्व पीए हुन् । त्यसैगरि धनुषाको विदेह नगरपालिकाका माओवादी मेयर बेचन दासपनि एमालेतिर गएका छन् ।यद्यपी उनीहरुले सार्वजनिक रुपमा एमाले प्रवेश गरेको घोषणा गरेका छैनन् ।

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका अध्यक्ष फारुख शेख एमालेतिर नजिकिएका छन् । नेकपा हुँदाको २ सय १५ सदस्यीय प्रदेश कमिटीका माओवादीका १ सय ७ जना थिए । उनीहरुमध्ये १७ जना एमालेमा गएको साहको रिर्पोटिंगमा उल्लेख रहेकोछ । यद्यपि ४÷५ जना अलमलकै अवस्थामा रहेको साहले बताए । प्रदेशसभा सदस्यमध्ये चार जना ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, रामचन्द्र मण्डल र मोहम्मद समिर एमालेमा गएका थिए ।रामचन्द्र मण्डल माओवादी केन्द्रमा फर्किन तयार रहेको साहले रिर्पोटिंग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News