अपडेट 
२०७७ चैत्र २, सोमबार ०८:४१

सरकारले निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप ल्याउन खुला गरेको छ ।

कोरोनाविरुद्धको खोप २० प्रतिशत नागरिकलाई नि: शुल्क दिइसकेपछि मात्रै आयात अनुमति दिने अडानबाट पछि हट्दै सरकारले निजी क्षेत्रलाई खोप ल्याउन खुला गरेको हो । भारतको सिरम इन्टिच्युट अफ इन्डियालाई भुक्तानी नै दिइसके पनि सम्झौताअनुसारका थप १० लाख डोज खोप तत्काल नपठाउने पत्रका साथै थप ५० लाख डोज खरिदको गृहकार्य अवरुद्ध र चीनबाट प्रतिबद्धता भएको अनुदानको खोप पनि ल्याउन ढिला भएपछि सरकारले निजी क्षेत्रलाई आयात खुला गरेको हाे।

Comment


Related News

Latest News

Trending News