अपडेट 
२०७७ चैत्र २, सोमबार ०८:५१

भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ ।

गएको २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्रमित सङ्ख्याभन्दा सबैभन्दा धेरै भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गएको डिसेम्बरमा २६ हजार ६ सय २४ जनालाई सङ्क्रमण भएको पाइएको थियो ।भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख नाघेको छ । भारतमा कोरोनाका कारण एक लाख ५८ हजारभन्दा धेरैको ज्यान गएको छ  भने एक करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।

यस्तै, अहिलेसम्म दुई करोड ९७  लाख  ३८ हजार ४ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतको महाराष्ट्र, कर्नाटक, केरला, पञ्जाब, गुजरातलगायतका विभिन्न ठाउँमा सङ्क्रमण बढ्दै गएको पाइएको छ । यी राज्यका विभिन्न ठाउँमा लकडाउन र रात्रिकालीन कर्फ्यु लगाइएको छ । कोरोनाको झण्डै ६०  प्रतिशत सक्रिय सङ्क्रमित महाराष्ट्रमा पाइएको छ । 

Comment


Related News

Latest News

Trending News