अपडेट 
२०७७ चैत्र २, सोमबार १६:४०

खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०७७/७८ को अष्टमासिक प्रगति समीक्षा प्रस्तुत गरेको छ ।

कार्यालयले सोमवार आर्थिक वर्ष ०७७/७८ को अष्टमासीक प्रगती समिक्षा र आगामी आर्थिक वर्षको लागि वजेट तर्जुमा गोष्ठि सम्वन्धि कार्यक्रममा पहिलो चौमासीक को लक्ष्य ३८.६१ ह्जार लक्ष्य राखिएकोमा २५.५९ प्रगती गरिएको र प्रतिसतमा ६६.२८ प्रगती रहेको,दोस्रो चौमासीकमा २९.९४ हजारको लक्ष्य राखिएकोमा २१.१६ प्रगती गरेको र प्रतिसतमा ७०.६७ प्रगती रहेको त्यस्तै अष्ठमासिक मा ६८.५५ हजार लक्ष्य राखिएकोमा ४६.७५ प्रगती रहेको र प्रतिसतमा ६८.२ प्रगती रहेको विवरण पेश गरेको छ । पहिलो चौमासीक मा वितिय प्रगती ४३.३७ प्रतिसत,दोस्रो चौमासीकमा ७७.२ प्रतिसत र अष्ठ मासिकमा ५८.१५ प्रतिसत वितिय प्रगती गरेको विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कार्यालयले धनुषामा ७ वटा,सर्लाहीमा १,बारामा २ खाद्य व्यवसायको सिलवन्दी रोक्का गरिएको तथ्यांक प्रस्तुत गरिएको छ ।त्यसैगरि जनकपुरधाम कार्यालयले १४६,राजविराज डिभिजनले २५५,जलेश्वर डिभिजनले ६७,मलंगवा डिभिजनले १३७ र विरगंज डिभिजनले २६० पटक अष्टमासिक अवधिमा निरिक्षण अनुगमन गरेको छ । त्यसैगरि अनुगमनको क्रममा प्रदेश २ मा सवैभन्दा बढि धनुषामा १३,महोत्तरी २ सलाही ३ ठाउका व्यवसायीहरुले विक्री वितिरण गर्दै आएको अवधि समाप्त भइसकेको उपभोग्य समाग्री जफत गरि नष्ट गरको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९को लागि मेशनरी तथा औजार मर्मत पारिश्रमिक र फोहर व्यवस्थापन सम्झौता,खाद्यय प्रशोधन प्रविधी तालिमखाद्य पोषण तालिम,स्ट्रिट फुड हयाण्डलर एवं व्यवसायीलाई खाद्य स्वचछता तथा जिएचपी सम्वन्धि तालिमका लागि माग गरिएको छ भने पत्रकारहरुलाई खाद्य स्वच्छता रिर्पोर्टिङ्ग सम्वन्धि तालिम,खाद्यय उद्यमीलाई जीिएमपी सम्वन्धि तालिम,विद्यालयका शिक्षकहरुलाई फुड सेफटी र न्युट्रीसन सम्वन्धि तालीम लगायतका माग गरिएको जनाइएको छ ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजय खनालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरु उपभोक्ताहरुले प्रयोग गर्दै आएको उपभोग्य वस्तुहरुको समयमै अनुगमन भएको कमीका कारणले उपभोक्ताहरु ठगीन वाध्य रहेको प्रति गुनासो राखेका थिए । गुनासोलाइ स्विकार गर्दै कार्यालय प्रमुख खनालले अनुगमनको दायरा वडाउनका लागि विभिन्न किसीमका कार्यक्रम संचालन गरिने र उपभोक्तालाई ठगीनबाट वचाउनका लागि सचेतना फैलाउने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी वन्धु वास्तोला खाद्य विभागका उपेन्द्र राय ,खाद्य निरिक्षक प्रविण तिवारी,खाद्य अधिकृत रत्नकान्त झा लगायतले आफनो मन्तवय राखेका थिए भने खाद्य अनुसन्धान अधिकृत मेनष श्रेष्ठले प्रगती विवरण पेश गरेका थिए ।

Comment


Related News

Latest News

Trending News