२०७७ चैत्र २, सोमबार १६:४४

नेपालमा थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ११ जनाको पीसीआर परीक्षण गरिएकोमा ७९ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७५ हजार तीन सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज देशभर आठ सय ९५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ४४ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ७१ हजार चार सय एक पुगेको मन्त्रालयले जनाएको छ।

Comment

Related News

Latest News

Trending News