अपडेट 
२०७७ चैत्र २, सोमबार २०:५५

राष्ट्रपति विद्यादेवी भण्डारीले भोली मंगलबार सर्वदलीय बैठकको आह्वान गरेकी छिन् ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको छ । भोली मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको उनले जानकारी दिए ।
संसदमा नयाँ गठबन्धनको सरकार बनाउन बिभिन्न दलहरुले कसरत सुरु गरेका बेला राष्ट्रपतिले सर्वदलीय बैठक आह्वान गरेकी छन् ।

Comment


Related News

Latest News

Trending News