२०७७ चैत्र ३, मंगलवार ०६:५०

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ कार्य समितिका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् ।

सदस्यहरुको लागि फागुन २९ गते पदाधिकारीहरुको लागि शनिवार सम्पन्न निर्वाचनबाट पदाधिकारी र सदस्यहरु निर्वाचित भएका हुन् । संघका अध्यक्षमा सुबोध कुमार गुप्ता, प्रथम उपाध्यक्ष (वाणिज्य) अनिलकुमार अग्रवाल, द्वितीय उपाध्यक्ष (उद्योग), हरिप्रसाद गौतम, महासचिवमा मनोजकुमार दास, कोषाध्यक्षमा गोविन्द शाह, सचिव (उद्योग) अरविन्द्र अमात्य, सचिव (वाणिज्य) आशीषकुमार लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव (उद्योग) सुशान्त चाचान र सह–सचिव (वाणिज्य) अनोज रुगंटा निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा तारा प्रसाद, नरेश कुमार अग्रवाल टिबडेवाल, अवधेश कुमार सरावगी, सुमन कुमार क्याल, यश कुमार अग्रवाल (टेमानी), मनोज कुमार शर्मा, नवनीत अग्रवाल, निरज अग्रवाल, दिपक कुमार टिबडेवाल, सिद्धार्थ धुरका, मुरली जालान, अंकित कुमार खेतान, माधव राजपाल, सुनिल कुमार खेतान, रविन्द्र कुमार वर्णवाल, शिवजी प्रसाद साह कलवार, सुरेश कुमार रुँगटा, शुभम कुमार खण्डेलवाल, प्रभात रुँगटा, विकास कुमार क्याल, हेमन्त कुमार वैध, प्रकाश कुमार खण्डेलवाल, विनय काबरा, सौरभ केडिया र प्रमोद कुमार चौरसिया निर्वाचित भएका छन् ।

Comment

Related News

Latest News

Trending News