अपडेट 
२०७७ चैत्र ३, मंगलवार ०६:५३

गौर । रौतहटमा सोमबार एक कार्यक्रम बिच जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलो जनगणना हुन लागेकोले केन्द्रीय तथ्यांक विभागको निर्देशन अनुसार कार्यालयको स्थापना गरिएको हो ।

२०६८ साल पछि संघीय राज्यमा पहिलो पटक २०७८ मा नेपालमा बसोबास गर्ने विभिन्न जात जाती ,बर्ग समुदाय , भाषा भाषीको तथ्यांक संकलन गर्ने कार्य नेपाल सरकारले मेरो गणना ,मेरो सहभागिता भन्ने मूल नाराको साथ शुरू हुने राष्ट्रिय जनगणना अभियानलाइ सफल बनाउने उदेश्यले स्थापना गरिएको कार्यालयको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जनगणना अधिकारी देवनाथ यादवले संयुक्त रुपमा उदघाटन गरेका छन । कार्यालय उदघाटन पछि सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी यादवले मुलुक संघीय शासन प्रणालीमा गईसके पछि हुन लागेको जनगणना पहिलो तथा मुलुकको १२ औ जनगणना रहेकोले यस अभियानमा सवैले सहभागी हुनुपर्ने बताए । ्रत्येक दश वर्षमा गणना गर्नु पर्ने अन्तराष्ट्रिय नीति रहेकोले नेपाल सरकारले २०७८ बैशाख १ गते देखि गणना गर्ने कार्य शुरू गर्ने भएकोले राष्ट्रिय जनगणना २०७८ लाइ सफल बनाउन सरोकारबालाले सहयोग गर्नु पर्ने आग्रह गरे ।

१ गते शुरू हुने अभियानको लागि गणकको छनौट गर्ने कार्य केन्द्रीय तथ्यांक विभागले शुरू गरिसकेकोले जिल्लाले गर्नु पर्ने कार्य अव शुरू हुने जनाए । जिल्लाको ५ स्थानीय तहमा पहिलो पटक जनगणना गर्ने कार्यको शुरुआत गरिने छन् । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार गौर नगरपालिका , गरुडा नगरपालिका , चन्द्रपुर नगरपालिका , कटहरिया नगरपालिका र बौधिमाई नगरपालिकामा तथ्यांक संकलन गरिने छ । मुलुकमा संघीयता आएपछिको पहिलो जनगणना भैरहेकोले तराई मधेशमा बसोबास गर्ने मधेशी , जनजाति , थारू , मुस्लिम , अपांग , महिला ,पुरुष,आदिवासी , पिछडिएको बर्ग समुदाय , दलित , समुदायका व्यक्तिले अनिवार्य रुपमा सहभागिता जनाउनु पर्ने हुन्छ । जनगणनाको लागि घरमा पुग्ने गणक , सर्वेक्षक , सुपरभाईजर समक्ष सत्य तथ्य विबरण लेखाउनु र लेखेका कुरा विबरणलाइ राम्रो सित जाँच्नु प आवश्यकता रहेको छ ।

२०६८ सालमा भएको जनगणनामा जुन गाउँमा नबस्ने समुदायका व्यक्तिको नाम समावेश गरी विबरण तयार गर्ने कार्य भएकोले मधेशी समुदायले यस पाली हुने जनगणनामा आफुले हासिल गरेको शिक्षा , बोल्दै आएको मातृ भाषा प्रति सचेत सजग भएको उल्लेख गराउनु पर्ने हुन्छ । मधेशमा बसोबास गर्ने मधेशी समुदायलाइ होच्याउने उदेश्यले शिक्षित भएपनि निरक्षरको संख्या बढ़ी देखाउन सकिने , पहाड़ी समुदायको व्यक्तिको नाउ समावेश गर्ने सम्भावना बढ़ी रहेको हुदा अभियानमा सहभागी भएर आफ्नो यथार्त विबरण खुलाउन ध्यान दिनु पर्ने जरुरी रहेको छ । जिल्ला जनगणना अधिकारी देवनाथ यादवले राष्ट्रिय जनगणना अभियानमा सक्रीय रुपमा सहभागित भई सफल बनाउन जिल्ला बासी सित आग्रह गरेका छन ।

Comment


Related News

Latest News

Trending News