अपडेट 
२०७७ चैत्र ३, मंगलवार ०७:०३

राजविराज । सप्तरीको कंचनरुप नगरपालिकाको वडा नं. १ बैरवामा आदी महाकवी स्व. उदयानन्द अर्यालको स्मृती एवं सम्मानमा बृहत साहित्यीक कार्यक्रम हुने भएको छ ।

आगामी चैत २१ गते उनकै जन्मथलो बैरवामा उदयानन्द स्मृती प्रतिष्ठानले पहिलो पटक बृहत साहित्यीक कार्यक्रमको आयोजना गर्न लागेको हो । सोमबार प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यमा आयोजना हुने कार्यक्रममा नेपाली साहित्यिका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने जनाएको छ । आयोजक उदयानन्द स्मृती प्रतिष्ठानका तर्फबाट गठित तयारी समितिका संयोजक भरतराज शर्माले आदिमहाकवि स्व. अर्यालको स्मृतीलाई चिरस्थायी बनाउन, उनको व्यक्तित्व र कृतित्वलाई उजागर गर्न तथा कला साहित्य, संस्कृतीको जगेर्नामा टेवा पु¥याउने उद्देश्यले उक्त साहित्यिक कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

बि.स. १८१२ मा सप्तरीको बैरवामा जन्मेका आदिमहाकवि स्व.अर्यालको बि.स.१८९४ मा निधन भएको थियो । उनको नेपाली भाषामा लेखिएको पहिलो महाकाब्य पृथ्वीन्द्रोदय, बेतालपचिसि खण्डकाब्य, फुटकर कविता लगायतका विभिन्न रचना प्रकाशितमा छन् भने २०६४ सालमा नेपाल सरकारले उनको स्मृतीमा १ र ५ रुपैयाँ दरको हुलाक टिकट समेत प्रयोगमा ल्याएको छ । साहित्यकार एवं प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका सरिता अर्याल, बिनोद पोखरेल, मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरी भट्टराई, प्रेस काउन्सिलका पूर्व सदस्य अनिल कुमार अनल, महासंघका पूर्वसभापति प्रकाश खतिवडा लगायतले पनि साहित्यिक कार्यक्रम र स्व. अर्यालको योगदान बारे प्रकाश पारेका थिए ।

Comment


Related News

Latest News

Trending News