
लहान । भन्सार कार्यालय माडर, सिरहाको लापरबाहीले गर्दा करोडौं मोलका गाडीहरु कबाडी बन्दै गएको छ ।
भन्सार कार्यालय माडर, सिरहा परिसरमा जीप, कार, मोटरसाईकल, भ्यान, म्याजिक, ट्रयाक्टर, ट्रकहरु कबाडी बन्दै गएको छ । कार्यालयको गम्भीर लापरबाहीले गर्दा करोडौं मूल्यका सवारीसाधन अहिले कवाडी बन्दै गएको छ । भन्सार कार्यालयले दुई दर्जन चारपाङ«े र अढाई सय भन्दाबढी मोटरसाईकल लिलामी गर्न राखिएको छ । तर भन्सार कार्यालयका प्रमुखले लिलामी प्रकृयामा लैजानु पर्ने सवारी साधनलाई झन् कवारी बनाउनमै ध्यान दिएको छ ।

कार्यालयले वेवास्ता गरिदिदा सवारी साधन लिलामीबाट राम्रो राजश्व असुली हुनेमा त्यतिकै थन्काउने गर्दा झन् कमी आउने जानकारहरु बताउँछन् । ‘अहिले लिलामी हुँदा राम्रो मूल्य लाग्न सक्थ्यो,’ स्थानीय दिनेश कुमार मुखियाले भने, ‘कार्यालयले वेवास्ता गर्दा कुहिएर कचराको भाउँमा बेच्नुपर्छ ।’ भन्सार कार्यालयले लिलामी प्रकृयालाई वेवास्ता गर्दा दिनानुदिन राम्रो पाटर््स पनि खराब हुँदै गएकोले मूल्य झन् कम लाग्ने मुखियाको बुझाई छ ।