अपडेट 
२०७७ चैत्र ३, मंगलवार ०७:१४

जनकपुरधाम । धनुषा, इनर्वा स्थित नेपाल–भारत सिमानमा भारतले केहि वर्ष अघि बनाएको अग्लो बाधमाथि जुटको बोरामा माटो हालेर उचाइ थपिएको छ ।

महिना अघि भारतीय पक्षले बाधको उचाइ थपिरहदा नेपाली बस्तीमा डुवान क्षेत्रका स्थानियमा घरे डुब्ने पीडा थपियो । दशगजासंग जोडिएको बाधले कमला किनारको नेपाली वस्तीमा जोखिम बढेको छ । दशगजामा बाधको उचाइ थप्ने भारतीय प्राविधिक नेपाली बस्तीमा पानी प्रवेश गर्ने कमला किनारमा नापीको विषयमा विवाद गरेर नदी नियन्त्रण गर्न माध निर्माणमा अवरोध गर्दा नेपाली बस्ती वर्षेनि डुवानमा पर्दै आएको छ । दशगमा भारतले बिभिन्न चरणमा बाध बिस्तार गर्दा नेपाली पक्ष बोल्न सकेको छैन । उल्टै भारतीय पक्षले नेपाली विकास काममा अवरोध खडा गर्दै आएको कमला नदी नियन्त्रणका इन्जिनिजयर गुदर प्रसाद यादवले बताए । कमला नदीको दशगजा सहित भारत तर्फ ६ सय मिटर बाध निर्माण नहुदा नेपाली बस्ती डुबानमा पर्दै आएको छ । धनुषाको जनकनन्दनि गाउपालिका र कमला नगरपालिकाको कमला नदीको बाढीले वर्षेनि डुमानमा पर्दै आएको छ । बस्तीलाई डुवानबाट बचाउन नेपाल तर्फकबाट ठोस प्रयास हुन नसकेको स्थानिय बताउछन् । डुवान क्षेत्रमा राहत, उद्धार र सचेतनाका कार्यक्रम भएपनि दिर्घकालिन समधान नुहदा महिनौ सम्म घर बिहिन भएर विद्यालयमा बस्नु परेको स्थानिय बताउछन । भारतीय पक्षको लपारवाहिले गर्दा नेपाली बस्ती डुबानमा पर्दै आएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाले बताए ।

नदी किनारमा भारतीय पक्षले बाध बनाउने बताएपनि नापजाचबारे मत नमिल्दा काम अगाडी बढन नसकेको उनले भने । सिमा सुरक्षा अनुगमनको क्रममा नेपाल–भारत सिमानमा वर्षाको समयमा हुने डुवानका बारे कमला बाधको अवस्था बारे अनुगम गर्दा देखिएका समस्याहरु समधानकालागि माथिल्लो निकायमा जानकरी गराइने बताए । कमलाबाट हुने डुवान, बाढी क्षति पु¥याएको बाध र कलमा भइरहेको अवैध उत्खननको प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायले अनुगमन गरेको छ । भारती पक्षलाई पटक पटक समस्या बारे उच्च स्तरमा डुवान समस्या बारे जानकारी गराएपनि डुवान समस्या समाधानकालागि ठोस पहल हुन नसकेको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराइले बताए । कमला नदीको बाढीबाट नदी आसपासका बस्तिलाई बाढी प्रवेश गर्न नदिन पुर्व–पश्चिम महेन्द्र राजमार्गको पोर्ताहा देखि नेपाल भारत सिमाना इनर्वा सम्म ३४.६ किलोमिटर भारत सरकारको सहयोगमा निर्माण भएपनि दशगज क्षेत्रमा खुल्ला छोडदा नेपाली भुमी डुवानमा परेको उनले बातए । पहिलापनि वर्षाका पानी र नदीको पानी वस्तीमा प्रवेश गरेपनि सहजै भारत तर्फ बगेर जान्थ्यो, प्रमुख भट्टराईले भने, ‘ भारतले दगगजासंग जोडेरै अगलो बाध बनाए पछि पानीको निकास रोकिएको छ । पानीको नेचुरल फ्लो रोक्दा वर्षा र बाढीको पानी ३ महिना सम्म बस्तीमै थुनिन्छ ।

लगतार वर्षा हुदा वार्षा र कमलाको बाढीले सिमा क्षेत्रको वस्ती तीन महिना सम्म अवस्तव्यस्त बन्छ ।’ सिमानामै भारतको बाध संगै जयनगर जनकपुर रेल्वेको लिकले गर्दा नेपाली तर्फको पानी निकास पाउन सकेको छैन, उनले भने । भारतको जयनगरमा सांघुरो पुललमा बनायएको व्यारेजबाट कमलाक बाढी निकास नपाएपछि बाध नभएको क्षेत्रबाट नेपाली बस्तीमा बाढी प्रवेश गर्दै आएको छ । दुई देशका अधिकारीहरु बाध निरीक्षण र समस्या बारे जानकारी लिएरपनि समधान तर्फ नलाग्दा वर्षातको समयमा कमला किनारका सिमावर्ती महिनौ सम्म घर बहिन हुनु परेको कमला बचाउ अभियानका संयोजक बिक्रम यादवले बताए । सिमा क्षेत्रमा बाध नहुदा समस्या र उतर तर्फ भएको बाध नै मर्मत नहुदा जोखिम बढेको यादवले बताए । ठुला सवारी साधन बाधबाट आवतजावत गर्दा र नदीमा बाढीको बहाव वर्षेनि गढदै गएका कारण बाध कटान गरी बगाउने जोखिम बढेको हो ।

लगातारको वर्षाले कमलामा बाढी स्तह बढदा गत वर्ष हथमुण्डा–हरिणे खण्ड बगाएको थियो । सुरक्षा निकाय र स्थानिय तहको समन्वयमा बाध बचाएर गाउ डुवान हुनबाट बचाइएको कमला बचाउ अभियानका सदस्य राजकिशार सल्हैताले बताए । यस अघि मलहनिया फुलबरिया खण्डमा बाढीले सय मिटर भन्दा बढी बाध नै बगाएर नदीको बहाब बस्ती तिर आएको थियो । कमला नदीको धनुषा तर्फ हथमुण्डा–हरिणे, हथमुण्डा हनुमान मन्दिर, लक्कड मराण, किरतपुर र ढोलबजा गरी ५ स्थानमा बाढीका कारण बाध जोखिममा रहेको कमला नदी नियन्त्रण कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News