अपडेट 
२०७७ चैत्र ४, बुधबार ०७:२६

सालको २१ थान गोलियासहित धनुषामा काठ तस्कर पक्राउ परेको छ ।

लामो समयदेखि अवैध रुपमा जंगङली काठको कारोवार गर्दै आएका महोत्तरीका वर्दिवास नगरपालिका–७ बस्ने किसन कुमार ठाकुर सालका गोलिया सहित पक्राउ परेका हुन् । मिथिला नगरपालिका–५ विश्रापुरस्थ्ति स्थानीय गोपाल मगरको घरमा काठ लुकाएर राखेको अवस्थामा सब डिभिजन वन कार्यालय पुष्पलपुर र औहरी बाबा सामुदायिक वन उपभोक्ता समितिका संयुक्त टोलीले सोमबार राती काठसहित पक्राउ गरेका छन् । अवैध रुपमा काठ कटान गरि चर्को मुल्यमा बेच्दै आएका ठाकुरलाई सुराकीको आधारमा पक्राउ गरिएको वन संरक्षक रामदेव यादवले बताए । जंगलबाट रुख कटान गरि जम्मा गरेर राखेको सालको गोलिया काठ वाहिर पठाउन लागेको अवस्थामा आफुहरुले पक्राउ गरेको उनले बताए । पक्राउ परेका ठाकुरलाई ईलाका प्रहरी कार्यालय ढल्केवर र बरामद गरिएको काठ औरही बाबा सामुदायिक वन उपभोक्ता समितिको जिम्मा लगाईएको छ ।

काठ तस्करीमा संलग्न गोपाल मगर र नाम खुल्न नसकेका एक जना भागेको वन संरक्षक यादवले बताए ।

Comment


Related News

Latest News

Trending News