अपडेट 
२०७७ चैत्र ४, बुधबार १३:३३

भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भएको छ । मंगलबार यसवर्ष शुरु भएयताकै सबभन्दाबढी कोरोना संक्रमण पुष्टि भएको हो ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९ सय ३ जना संक्रमित भएका छन् । यसअघि एक दिनमा संक्रमितको संख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो ।गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भएयताकोनै सब भन्दा बढी हो । भारतमा अहिलेसम्म कुल संक्रमिको संख्या एक करोड १४ लाख ३८ हजार ७ सय २४ पुगेको सो मन्त्रालयले जनाइएको छ । कुल संक्रमितमध्ये दुई लाख ३४ हजार ४ सय ६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ४५ हजार २ सय ८४ जना संक्रमणणमुक्त भएका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ८८ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या एक लाख ५९ हजार ४४ पुगेको छ । भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म तीन करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News