अपडेट 
२०७७ चैत्र ५, बिहीबार ०६:४६

जलेश्वर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको वडा नम्बर ५ सहोडवाबाट वेपत्ता भएका बृद्ध दम्पतीको खोजीमा बुधवारदेखि नेपाल प्रहरीको केन्द्रयी अनुसन्धान ब्यूर ो(सीआईबी)को टोली जुटेकोछ । सहोडबा बस्ने ६६ वर्षिय मुसाफिर झा र ६० वर्षिया गीतादेवी झा गत गत फागुन १० गते राती देखी वेपत्ता रहेका छन् ।

उनीहरु राती घरमा सुतेको तर बिहान नदेखिएपछि झा दम्पत्ती वेपत्ता भएको हल्लाखल्ला भएको थियो । झण्डै २५ दिन बितिसक्दापनि झा दम्पतीका अवस्था अज्ञात छ ।उनीहरुको स्थिति सार्वजनिक गर्न झण्डै १५ दिनदेखि चरणबद्ध रुपमा आन्दोलन भइरहेको छ ।तर प्रहरीले झा दम्पतीको अवस्थाबारे कुनै सुराक फेला पार्न सकेको छैन् । अनुसन्धानमा प्रहरी उदासिन रहेको आरोप लगाउँदै झण्डै तीन दर्जन संघसंस्थाहरुले बुजुर्ग झा दम्पतीको अवस्था सार्वजनिक नगरिए कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् । संघर्ष समितिको अगुवाई गरिरहेका मैथिल ब्राम्हण महासभाका अध्यक्ष ईञ्जिनियर भगवान झाका सकृयतामा सीआईबीको टोली अनुसन्धानमा खटेकोछ । ‘सीआईबी टोली अनुसन्धानमा सहयोगका लागि आइरहेकोछ’ महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेशकुमार आचार्यले भने , पोखरीबाट सुराक फेला परेन् ।झाको परिवार समेत अनुसन्धानको दायरामा रहेको र अन्य विभिन्न कोणहरुबाट अनुसन्धान जारी भइरहेको उनले बताए । बृद्ध झा दम्पती वेपत्ता भएको राती घरमा उनकी बुहारी, नातिनातिनीहरु रहेका थिए ।

घर भित्र सुतिरहेका परिवारका सदस्य वेपत्ता भएको विषयमा सुइँका समेत नपाउने कारणहरुपनि पहिल्याउन थालिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । मोही जग्गाको बिबादमा उनी साक्षी रहेकाले वेपत्ताको कारण त्योपनि हुन सक्ने आशंका गरिएको छ । प्रहरीले अनुसन्धानको दायरालाई अहिले फराकिलो नै राखेको बताइएकोछ । झा दम्पतीको अवस्था सार्वजनिक गर्न धनुषा र महोत्तरी जिल्लामा चरणबद्ध रुपमा संघर्ष जारी रहेको बताउँदै ई.झाले भने, घटनामा संलग्न दोषीहरुलाई कानुनी दायरामा नल्याए सम्म संघर्षलाई चर्काउदै लग्ने छौ ।वेपत्ता मुसाफिर झा अवकास प्राप्त कर्मचारी हुन् ।

Comment


Related News

Latest News

Trending News