अपडेट 
२०७७ चैत्र ५, बिहीबार ०७:०१

कलैया । मधेश आन्दोलनमा शहादत प्राप्त गरेका १ सय १० जना शहीदहरुको स्मारक बनाउनका लागि महिलाहरु सक्रिय भएकी छन् ।

बारा, पर्सा र रौतहटका महिलाहरुले बाराको सदरमुकाम कलैयामा पत्रकार सम्मेलन गरि राजनीतिक दलहरुले शहीदहरुलाई वेवस्था गरेको आरोप लगाउदै शहिदहरुको सम्मानका लागि पनि आफुहरु अगाडी बढने बताएकी थिईन् । बैशाख १६ गते देखि रुद्र महायज्ञको आयोजना गरि आफुहरुले स्मारक बनाउने अभियानमा लाग्ने बाराका सुरजिता कुसवाहाले जानकारी दिईन । श्रीसीता राम सन्त समाजको सक्रियामा शहादत प्राप्त गरेका ती शहीदहरुको आत्माको चिरशान्तिका लागि पतरौता नगरपालिका वडा नम्बर ३ रामनगरस्थित रहेको रामजानकी मठ सखुवा नजिकै स्मारक बनाउन लागेको जानकारी सो अवसरमा दिएको थियो । यज्ञका लागि फागुन १२ गते झण्डा गाड्ने भई सकेको समाजका बरिष्ठ सल्लाहकार गम्भिरा सहनीले बताइन् ।

करिब ३० लाखको लागतमा यज्ञ हुने आयोजकले दावी गरेका छन् । बैशाख १७ गते यज्ञको उदघाटनक दिन हेलिकप्टरबाट पुष्पवर्षा गर्ने लक्ष्य रहेको सल्लाहकार सहनीले भनिन् । पत्रकार सम्मेलनमा समाजका केन्द्रिय सदस्य श्री राममोहन दास ( नेपाली बाबु) ,जसपाका नेता सन्तोष पटेल, सहयोगी तागिर मंसुर रौतहटका तारा देवी सोनार, पर्साका मालती गिरी, रेखा साह, बाराका समोद सिंह राजपुत, चम्पा देवी, सैरा खातुन, अमना खातुन, अभिमन्यु सिह सहभागिता रहेको थियो । यज्ञ ९ दिने सम्म चल्नेछ । यज्ञमा नेपाल र भारतका गरि हजारौ साधु, महात्माहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

Comment


Related News