अपडेट 
२०७७ चैत्र ५, बिहीबार ०७:१४

जीतपुर । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई यातायात मैत्री बनाउन आफु तयार रहेको बताएका छन् ।

तराई यातायात ब्यवसायी संघ, सिमरा बाराको १५औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार सधै यातायात ब्यवसायीहरुको साथमा रहने प्रतिबद्धता जनाए । उनले कर्मचारी तन्त्र सरकारमा हाबी भएका कारण प्रदेश सरकार चाहेर पनि सोचे जस्तो काम गर्न नसकेको दुखेसो गरे । प्रदेश सरकारलाई योजनाबद्ध रुपमा केन्द्र सरकारले कमजोर बनाएका कारण प्रदेश सरकार बिकासमा फड्को मार्न नसकिरहेको उनले जिकिर गरे ।

मुख्यमन्त्री राउतले आफनो अधिकार क्षेत्रभित्र रहेका यातायात ब्यवसायीहरुको समस्यालाई यथाशिघ्र समाधान गर्न तयार रहेको बताए । तराई यातायात ब्यवसायी संघका अध्यक्ष शंकर कुमार बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रक यातायात ब्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, तनहुँ जिल्लाका प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ, नेपाल ट्रक यातायात ब्यवसायी महासंघका निबर्तमान अध्यक्ष अर्जुन रानाभाट ,संबिधान सभा सदस्य शोभाकर पराजुली लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा यातायात ब्यवसायीहरुले यातायात सञ्चालन गर्न सहज बाताबरण बनाईदिन अनुरोध गरेका थिए ।

Comment


Related News

Latest News

Trending News