अपडेट 
२०७७ चैत्र ५, बिहीबार ०७:२४

जनकपुरधाम । हुलाकी सडक खण्ड अन्र्तगत धनुषा–सिरहा सीमाना कमला नदीमा पुरानो डिजाइनमा निर्माणाधिन पुल प्रयोगमा ल्याउन प्राविधिक जटिलता उत्पन्न नभएको छ ।

नदीको बिचमा बनाइएको पुलको दुई तर्फ पानीको बहावले सडक बगाएपछि निर्माण पुरा हुन लागेको पुल प्रयोगमा ल्याउन प्राविधिक जटिलता थपिएको हो । कमलाको पुर्व– पश्चिम दुई बाँध बीच १२ सय मिटर चौडाइ भएको नदीमा ४ सय ७० मिटरको मात्रै पुल बन्दै छ । पुलको दुवै तर्फ नदी क्षेत्रमै सडक निर्माण गर्दा वर्षेनि आउने बाढीले सडक बगाउने खतरा रहने छ । पुल जोड्न पश्चिम बनाइएको करिब ६ सय मिटर कालोपत्रे सडक गत वर्ष बाढीले पुर्ण रुपले बगाएको थियो । नदीमा आएको बाढीले पुलको दुवै तर्फ सडक बगाएपछि पुल निर्माणका लागि खटिएका इन्जिनियरलाई हेलिकप्टरबाट नेपाली सेनाको टोलीले उद्धार गरेको थियो । बाढीले पुल निर्माण समाग्री बगाएका थिए । पुल जोड्ने सडक बाढीले बगाएका कारण निर्माण पुरा हुन लागेको कमला पुल प्रयोगमा ल्याउन समस्या हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका प्रमुख कृष्ण कुमार महतोले बताए ।

कमला नदीमा सडक बन्दा पुल थिएन, पुल बनेपछि सडक छैन्, प्रमुख महतोले भने, ‘३ वर्षमा निर्माण पुरा हुनु पर्ने पुल झण्डै १० वर्ष पछि बन्न लागेको छ । पुल निर्माण अगावै पुल जोड्ने कालोपत्रे सडक बन्यो । तर, प्रयोगमा नआउदै खोलाले बगाउद प्राविधिक समस्या थपिएको छ ।’ निर्माण पुरा भएर बगाएका कारण निर्माण व्यवसायीले विमा दावी गरेका कारण केहि दिन भित्रै सडक निर्माण कार्य समेत सुरु हुनेछ, उनले भने । धनुषा र सिरहालाई जोड्ने हुलाकी सडकको कमला पुल ०६८ जेठ ३१ गते सम्झौताअनुसार ०७१ मंसिर ३० गते सम्म ‘डिजाइन एण्ड पुल’ प्रक्रियामा निर्माण पुरा गर्नु पर्ने थियो । ठेकेदारले आफै पुलको डिजाइन बनाएर नदीको बिच भागमा ४ सय ७० मिटर लम्बाइको पुल र दुवै तर्फ नदीको बाँकी भागमा सडकको डिजाइन बनाएर काम गर्दै छन् । पुलको पश्चिम धनुषा पुल जोडने तर्फ ६ मिटर कालोपत्रे गत वर्ष बाढीले बगाएको थियो । नदीमा बाढी आउँदा बहाव क्षेत्रमा बनाइएको सडक बगाउने जोखिम रहेका कारण कमला पुल प्रयोगमा ल्याउन नसकिने कमला बचाउ अभियानका संयोजक विक्रम यादवले बताए । पुल बन्दै गरेको क्षेत्र भन्दा पानीको बहाव फरक हुदा पुल प्रयोगमा आउन सक्दैन, यादवले भने,‘वर्षातको समयमा महिनौ सम्म उच्च बाढी बग्ने कमलामा पुल जोड्न कालोपत्रे बनाउनु वालुवामा पानी खन्याउनु हो । पुलको लम्वाइ नबढाए सम्म निर्माण पुरा भएपनि प्रयोगमा आउने छैन ।’

पुलको लम्बाइ बढाएर दुवै तर्फ बन्ने सडक संरचनालाई बचाउन दुवै तर्फ बलियो बाँध बनाइएको खण्डमा मात्र पुल प्रयोगमा आउन सक्छ, उनले भने । पुरानो डिजाइन अनुसार नदीको बीच भागमा ४ सय ७० मिटर लम्बाइ पुलको ९० प्रतिशत काम पुरा भएको र बैशाखदेखि प्रयोगमा आउने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका साइट इन्जिनियर जयनाथ यादवले बताए । पानीको बहावलाई च्यानल बनाएर पुल क्षेत्रमा ल्याउन दुवै तर्फ समेत काम भइरहेको यादवले बताए । पुलको पश्चिम तर्फ पानीको बहाव फर्काउन ५ सय मिटर लामो च्यानल निर्माण भइरहेको छ, उनले भने । पप्पु–लुम्बिनी जेभि काठमाण्डुले सम्झौता अनुसार तोकिएको समयमा निर्माण नगर्दा पटक–पटक म्याद थप भएपनि कमला पुल निर्माण गति नलिदा २ वर्ष अघि लुम्बिनि विल्डर्सलाई अषाढ सम्म पुल निर्माणकालागि ठेक्का दिइएको हुलाकी सडकका साइट इन्जिनिर यादवले बताए ।

Comment


Related News

Latest News

Trending News