अपडेट 
२०७७ चैत्र ५, बिहीबार ११:५७

भारतमा कोरोनाका नयाँ संक्रमितको आँकडा लगातार बढिरहेको छ । बुधबार ३५,८३८ मानिसहरु कोरोनाद्वारा संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा १७,७९३ बिरामी निको भए भने १७१ को मृत्यु भएको छ । यसका साथै उपचार गराइरहेका बिरामी अर्थात् एक्टिभ संक्रमितको आँकडा २ लाख ४९ हजार १ सय ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा एक्टिभ संक्रमितमा १७,८६२ को वृद्धि भएको छ । नयाँ संक्रमितको आँकडा ५ डिसेम्बरपछि अर्थात् १०१ दिनमा सबैभन्दा धेरै हो । ५ डिसेम्बरमा ३६,०१० संक्रमित भेटिएका थिए । भारतमा हालसम्म कूल १ करोड १४ लाख ७४ हजार ३०२ जना यो महामारीको चपेटमा आइसकेका छन् । १ करोड १० लाख ६१ हजार १७० निको भएका छन् जबकी १ लाख ५९ हजार २५० मानिसहरुको मृत्यु भएको छ ।

Comment


Related News

Latest News

Trending News