अपडेट 
२०७७ चैत्र ६, शुक्रबार ०६:२८

काठमाण्डु । सत्ता साझेदारीको निर्णय गर्न जनता समाजवादी पार्टी(जसपा)ले विहिवार बोलाएको कार्यकारिणी समितिको बैठक अन्तिम समयमा अचानक स्थगत गरिएको छ ।

त्यस अघि बसेको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोबीच चर्काचर्की विवाद भएपछि कार्यकारिणी समिति बैठक स्थगन गरिएको हो ।कार्यकारिणी समिति बैठकमा उपेन्द्र यादवले राजनीतिक प्रस्ताव लगेर बहुमतबाट निर्णय गराउन खोजेकाले पदाधिकारी बैठकमा यादव र महतोबीच चर्काचर्की भएको बताइएको छ । पदाधिकारी बैठकमा पूर्व समाजवादी पार्टीको बहुमत रहेकोछ ।केन्द्रिय समिति बैठकमापनि समाजवादीकै बहुमत रहेको छ ।यादवले तयार गरेको प्रस्तावमा प्रधानमन्त्री ओलीसित सहकार्य हुनै नसक्ने र माओवादी केन्द्रका अध्यक्षसित सहकार्य गर्न सर्वाधिक उपयोगी रहेको उल्लेख थियो । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको सम्बन्धमा प्रष्ट निर्णय गरिनसकेको अवस्थामा जसपाले हतारमा निर्णय लिन नहुने अध्यक्ष महन्थ ठाकुरको कथन थियो ।तर यादवले पेलेर भएपनि बैठकबाट प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने निर्णय गराउन चाहेका थिए । ‘सत्ता समिकरणको राजनीति हाल परिपक्व भइसकेको अवस्था छैन्’ बैठकमा अध्यक्ष ठाकुरले राखेका भनाई उद्घृतगर्दै नेता वृशेषचन्द्र लालले भने, काँग्रेस र माओवादी केन्द्रले निर्णय नगरे सम्म जसपाले सबै बिकल्पहरुलाई खुल्ला राख्नुपर्छ । ‘कार्यकारिणी समिति बैठकमा लिखित प्रस्ताव नलगेर मौखिक रुपमा नै छलफल गर्नुपर्ने ठाकुर र महतोको धारणा थियो’ लालले भने, तर यादवले ओलीलाई गालीगलौज गरेको र प्रचण्डलाई प्रशंसा गरिएको प्रतिवेदनलाई बहुमतको अधारमा पारित गराउने चेष्टा गरेका थिए । तर संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले समेत बैठक स्थगनगरि होली पछि निर्णय लिने सहमति जनाएपछि अचानक कार्यकारिणी समितिको बैठक स्थगित भएको थियो ।तर बाहिरी रुपमा बैठकका लागि आवश्यक गृहकार्य नपुगेकाले स्थगित भएको बताइएकोछ । पार्टी मुख्यालय बालकुमारीमा पदाधिकारी बैठकमा नै चर्काचर्की भएपछि कार्यकारिणी समितिको बैठक स्थगनगरि पुर्व राजपाका शीर्ष नेता र पदाधिकारीहरु बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्डमा साँझ बसेका थिए । पुर्व राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिसोर यादव र अनिल कुमार झा सहभागि थिए ।अर्का सदस्य महेन्द्र यादव उपेन्द्र यादवसित लागेको भन्दै उनलाई बैठकमा बोलाउन छाडिएको छ । राजपा भित्रको समायोजन र जसपालाई एकढिक्का बनाएर अगाडी बढने विषयमा छलफल केन्द्रित रहेको नेता राजकिसोर यादवले जनाए ।

पदाधिकारी बैठकमा भएका छलफल र तयारनपुगेको विषयहरुबारे अध्यक्ष ठाकुरले जानकारी गराएका थिए’ राजकिसोर यादवले भने, ओली र प्रचण्डको झगडाको प्रभाव जसपामा पर्न नदिन सबैले इमान्दारीपूर्वक पहल गर्नु पर्ने विषयमा सबै सहमत थिए । सो बैठकमा लाल, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, केशव झा लगायतका नेताहरुको सहभागिता थियो ।स्रोतका अनुसार बैठकमा सहभागीहरुले प्रधानमन्त्री ओली सांसद रेशम चौधरीको रिहाइका लागि प्रकृया समेत अगाडी बढाइसकेकाले उनीसित नै सहकार्य आवश्यक रहेकोमा जोड दिएको थियो । ‘प्रचण्ड स्वयं प्रधानमन्त्री बन्न चाहेको र काँग्रेस सभापति शेरबहादुर देउवाले अग्रसरता देखाएका छैनन् ’ नेता लालले भने, ओलीलाई हटाएर बन्ने सरकारसितपनि झिनो बहुमत रहने भएकाले त्यस तर्फ जसपा जान ठिक हुनेछैन् । ठाकुर, महतो, राजकिसोर यादव, अनिल झा र शरतसिंह भण्डारी ओली नेतृत्वको एमाले सरकारमा नै सहभागि हुने पक्षमा छन् ।तर अध्यक्ष उपेन्द्र यादव, अशोक राई र डा.भट्टराई ओली बिरोधको सरकार बनाउनु पर्ने पक्षमा छन् ।’ जसपाले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउनसकेको छैन । वर्तमान परि स्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन । दिउँसोका लागि निर्धारण गरिएको समितिको बैठक अनिश्चितकालका लागि स्थगन भएको नेता लालले बताए ।बैठक बस्नुअघि पदाधिकारीबीच छलफल भए पनि थप तयारी गर्नुपर्ने देखिएको उनले जनाए । उच्चस्रोतका अनुसार बैठकमा अध्यक्ष यादवले बहुमतबाट पेलेर जान खोजे पार्टी नै विभाजन हुन सक्ने जोखिम बढेको थियो ।इन्द्रेणी होटेलको बैठकमा सांसदहरु रहेपनि बहुमत सांसद अनुपस्थित थिए । अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले अपमानपूर्ण ढंगबाट उपप्रधानमन्त्रीको पद खोसेका थिए ।त्यसबाट यादवको मनको आक्रोश अहिले झन प्रष्फुटित भएकोछ ।

यसअघि चैत २ गते भएको जसपाका शीर्षनेताको बैठक पनि निष्कर्षहीन भएको थियो । चैत ३ गतेको पदाधिकारी बैठकसमेत स्थगन गरिएको थियो । अघिल्ला सबै बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टीले स्पष्ट धारणा बनाउनेबारे छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जसपाले जनाएको छ । सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग चरणबद्ध छलफल गरेको थियो । जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि परामर्श गरेको थियो । पार्टीले बन्दी रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायत माग राख्दै आएको छ । जसपामा ३४ सांसद रहेकामा दुई सदस्य निलम्बित छन् ।

Comment


Related News

Latest News

Trending News