अपडेट 
२०७७ चैत्र ६, शुक्रबार ०६:५२

जनकपुरधाम । किसानले कृषि उत्पादन लिन प्रयोग गरेको मलको सन्तुलन नमिल्दा माटोमा नकारात्मक असर परेको छ । रसायनिक मलको बढ्दो प्रयोग र मलको सन्तुलन नमिल्दा माटोमा नकारात्मक असर परेको प्राविधिकहरुले दावी गरेका छन् ।

धनुषामा माटो परिक्षण शिविरको क्रममा खेती भइरहेको माटोमा रसायनिक मलको असन्तुलित प्रयोगले माटोमा छारिएपना वा अम्लिएपना बढी पाइयो भने माटोमा पोटासको कमि पाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना समन्वय ईकाइ धनुषाका प्रमुख युगल किशोर तिवारीले बताए । माटोलाई आवश्यक पोटास पुगेको छैन भने अन्य मल प्रयोगले अम्लिएपना बढेको उनले बताए । माटोमा छारिएपना वा अम्लिएपना बढी पाइयो भने पनि कृषि उत्पादनका लागि ठीक नभएको र दुवैको मात्रा सन्तुलित हुन जरुरी रहेको तिवारीले बताए । माटो परीक्षणका लागि आएका किसानहरुले समयमा मल खाद्य तथा माटोको पोषण बढाउनका लागि चाहिने पोटास नपाएको गुनासो गरेको छ, उनले भने । परियोजना कार्यान्वयन ईकाई धनुषाले जिल्लाको धनुषाधाम तथा हंशपुर नगरपालिकामा गरेको माटोको नमूना परीक्षणबाट माटोमा छारियपनाको मात्रा बढी पाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना समन्वय ईकाइ धनुषाका कृषि प्राविधिक राहुलदेव साहले बताए । धनुषाको धनुषाधाम र हंशपुर नगरपालिकामा ३ सय ५२ माटोको नमुना संकलन गरी ५ दिन सम्म भएको माटोको परीक्षणबाट माटोमा छरियपना बढेको र पोटास, फोस्फोरसक कमी देखिएको प्राविधिक साहले बताए ।

माटोको छारियपना अधिकतमा ७ पीएच हुनु पर्नेमा ८ भन्दा बढी देखिएको छ, प्राविधिक साहले भने,‘माटोमा छरियपना बढी भयो भने विरुवाले खाद्यत्व दिन पाउदैन ।’ माटोमा बढेको छरियपना घटाउन जिप्सनको प्रयोग गनुपर्ने अवस्था आएको छ, उनले भने । धनुषा जिल्लाका अधिकांश पालिकाहरुको अवस्था धनुषाधाम र हंसपुरसंग मिल्दाजुल्दा रहेको उनको भनाइ छ । कृषि उत्पादन बढाउनका लागि माटोको उर्वरा शक्ति बढाउनको लागि पोटासको मात्र बढाएर चक्रिय बाली प्रणाली अन्तर्गत दलहन र कोशे वालीको खेती संगै प्राकृतिक मलको प्रयोग बढाउनु पर्ने सुझाव किसानलाई दिइएको उनले बताए । बजारमा पोटासको मुल्य बढी हुदा किसान खेतमा नराख्दा मलको सन्तुलन बिग्रिएको प्राविधिकले बताए । माटोमा पोटास राख्ने काम गर्नु पर्ने सुझाव दिएपनि पोटास महगो भएकाले सवै किसानले किन्न सक्ने अवस्था नरहेको साहले बताए । किसानलाई पोटास सरकारले अनुदान दिनु पर्ने अवस्था आएको परियोजनाका कर्मचारीले बताए । धानमा प्रति कठ्ठा २ किलोग्राम पोटास राख्नु पर्ने भएपनि किसान महगो भएको कारण पोटास प्रयोग नै नरहेको समेत पाएको छ, प्राविधिक साहले बताए ।

माटोमा चाहिने तत्व सन्तुलित रुपमा नभेटिएको खण्डमा माटोको उर्वरा शक्तिमा ह्रास आउनुका साथै कृषि बालीमा रोग तथा किराको आक्रमण बढ् दा उत्पादनमा ह्रास आएको प्राविधिकले दावी गरे । खेतमा उर्वरा शक्ति बढाउन ढैचा तथा मुठ्ठको खेती गर्न किसानलाई प्राविधिकले सुझाव दिएका छन् ।

Comment


Related News

Latest News

Trending News