अपडेट 
२०७७ चैत्र ६, शुक्रबार ०७:३३

बीरेन्द्र बजार(सप्तरी) । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर २ कनकपट्टीमा बिहीबार एक दलित बस्तिका बासिन्दा खुशीले रमाई रहेका थिए ।

निकै उत्साहित र मुस्कुराई रहेका उनीहरुको खुशी भने सुरक्षित आवास पाउने सपना साकार हुदाको थियो । हातमुख जोड्ने जोहो गर्दा गर्दै कयौ पुस्ता हावापानी, बाढी र आगोको पीडा खेप्दै घर निर्माण गर्न नसकेका दलित परिवारले सितैमा सबै प्रकारको बिपदबाट सुरक्षित पक्का घरपाएपछि उनीहरुको खुशीको सीमा थिएन । गरिव, दलित र असहायहरुको ढोकामा खुशी ल्याउने योगदान भने महुली सामुदायिक बिकास केन्द्र बक्धुवाले गरेको छ । महुली सामुदायिक बिकास केन्द्रले हिल्टी बाँस परियोजना ल्याएपछि कनकपट्टीका मात्र नभएर सप्तरीका ४ हजार ४ सय १४ परिवारले जोखिम मुक्त घर पाईसकेको छ । यसलाई निरन्तरता दिदै हयाबियेट फोर ह्युमानिटी ईन्टरनेशनल नेपाल र स्थानीय सरकारको सहयोगमा कनकपट्टीमा निर्मित १४ वटा घर दलित, अतिबिपन्न परिवारलाई हस्तान्तरण गरिरहदा घर पाउनेहरु दंग परेर कार्यक्रममा दाताहरूको भाषण बडो चाखको साथ सुनि रहे । शम्भुनाथ नगरपालिकाकी उपप्रमुख कबिता देवि सरदारको अध्यक्षता तथा ह्यबिटेट फोर ह्यमानिटी ईन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक कृष्टी स्टिक्नीको प्रमुख आतिथ्यमा एक समारोहका माझ आवास हस्तान्तरण गरेको थियो । कार्यक्रममा निर्देशक स्टिक्नीले चाबि र प्रमाणपत्र प्रदान गरि उनीहरुलाई घर हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै निर्देशक स्टिक्नीले घर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताईन् ।

आज खुशीको दिन हो । स्थानीय बाँस लगायतका स्थानीय श्रोत साधनको उपयोग गरेको घर एकदम राम्रो छ स्टिक्नीले भनिन, यो उदाहारणीय कामबाट अरुले पनि प्रेरणा लिन पर्छ । स्टिक्नीले ह्याबिटेटले गरेको लगानी संस्था र स्थानीय सरकारले उपयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा ह्याबिटेट फोर ह्यमानिटी नेपालका कार्यक्रम निर्देशक युवान मल्ल,सिरहा धनगढी नगरपालिकाकाका प्रमुख हरिनारायण चौधरी, जिल्ला समवन्य समिति सप्तरीका ईन्जिनियर दिलिप कुमार साह, शम्भुनाथ नगरपालिकाका ईन्जिनियर बोधराम यादव, स्थानीय जनप्रतिनिधि र घर धनिहरुले समेत मन्तव्य व्यक्त गरेका थिए । महुली सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत निर्देशक प्रभुनारायण चौधरीले गरे । सुरक्षित आवस कार्यक्रम अन्तर्गत महुली सामुदायिक बिकास केन्द्र, ह्याबिटेट फोर ह्युमानिटी नेपाल र स्थानीय सरकारको संयुक्त साझेदारीमा कनकपट्टीमा निर्मित १४ घर समुदायलाई हस्तान्तरण गरियो भने ४०ओटा घर निर्माणाधीन छन् ।

प्रति घर ३ लाख ९४ हजार ३३ रुपैयाँ लगानी भएको महुली सामुदायिक बिकास केन्द्रका अध्यक्ष रामलगन मण्डलले जानकारी दिए । घर पाएपछि स्थानीय दलित, गरिव बिपन्न समुदाय कार्यक्रममा नाचेर खुशी सटासट गरेका थिए ।

Comment


Related News

Latest News

Trending News