अपडेट 
२०७७ चैत्र ६, शुक्रबार १२:३८

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार घटेर प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा चाँदीको भाउ प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

https://www.youtube.com/watch?v=qiYMYGuQvM0&t=350s

Comment


Related News

Latest News

Trending News