अपडेट 
२०७७ चैत्र ६, शुक्रबार १७:३८

सप्तरी, राजविराज, ६ चैत । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकासशरण महतले मुलुकको वर्तमान अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा काँग्रेसले सरकारको नेतृत्व लिएर मुलुकलाई निकास दिने बेला आइसकेको बताएका छन् ।

शुक्रबार सप्तरीको राजविराजमा नेपाल शिक्षक संघको २१ औं र २२ औं जिल्ला प्रतिनिधिसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई रहिरहन नैतिकताको हिसाबले पनि उचित नहुने भन्दै यो सरकार रहँदासम्म राजनीतिक अन्यौलता अझै बढ्ने उनको दाबी छ । परिस्थितिले काँग्रेसलाई सरकारको नेतृत्व लिनुपर्ने बेला आएको भएपनि कामै गर्न नसक्ने गरि हात खुट्टा बाँधेर सरकारमा जानु चाही उचित नहुने उनको सुझाव छ । नेता महतले नेतृत्वमा जाँदा काँग्रेसलाई काम गर्न सक्ने गरि सहज वातावरण निर्माणको जिम्मेवारी नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको पनि रहेको जिकिर गरे । उनले भने, सम्मानजनक अवस्थामा काँग्रेस सरकारको नेतृत्व लिन तयार छ तर, यसका लागि माओवादी र जसपाले पनि उचित वातावरण बनाउन जरुरी छ । नेता महतले केपी ओली नेतृत्वको सरकार जति चाडो ढल्छ, राजनीतिक निकास निस्कने सम्भावना उत्तिकै प्रवल हुने आफूहरुको धारणा रहेको समेत प्रष्ट पारे । नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष शैलेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित सभामा विभा झाले आर्थिक तथा विश्वनाथ भदेसवार यादवले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा काँग्रेस सप्तरीका सभापति दिनेश यादव, ट्रेड युनियनका अध्यक्ष मनोज मण्डल लगायतले शुभकामना दिएका थिए ।

Comment


Related News

Latest News

Trending News