अपडेट 
२०७७ चैत्र ७, शनिबार ०७:०६

जनकपुरधाम । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कम्युनिष्ट दर्शनमा नैतिकता नरहेकोले प्रधाममन्त्री केपि शर्मा ओलीले राजिनामा नदिई आनाकानी गरिरहेको बताएका छन् ।

शुक्रवार महोत्तरीको औरही नगरपालिका सोनामाईमा काँग्रेसको पार्टी प्रवेश तथा आम सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले कम्युनिष्ट दर्शनमा नैतिकता नभएकै कारण ओलीले सत्ता लम्बियाउदै आएको बताए । ‘कम्युनिष्ट दर्शनमा नैतिकता भएको भए संसद विघटनको सिफारिस गर्ने प्रधामन्त्री ओलीले अदालतबाट पुनस्थापना भएकै साँझ देशको नाममा सम्बोधन गरि राजिनामा दिन्थे । तर त्यो नगरेर उखानटुका प्रयोग गरेर हँसिका पात्र बन्ने गरेका छनउनले भने । झण्डै दुई तिहाईका सरकार भएपनि कम्युनिष्ट सरकारले कोरोना जस्तो महामारीमा पनि गरिव विपन्न,मजदुर लगायतलाई राहत समेत दिन नसकेको भन्दै उनले सरकारको आलोचना गरे । कम्युनिष्ट सरकारको कोहि भुखै मर्दैनन् भन्ने नारा दिने ओली सरकारको पालामा उपचार र खाना नलाएर राजु सादा जस्ता युवाहरुले अनाहकमा ज्यान गुमाउनु परेको उनले बताए ।

् आफुहरुलाई श्रमिक मजदुरको पार्टी भनाउने कम्युनिष्टहरु कोरोना कालमा सयौ किलोमिटर पैदल हिडेर घर आउदा ती श्रमिकहरुको पीडा नबुभ्mने कम्युनिष्ट सरकारबाट आमजनता, व्यापारी, चिकित्सक लगायत सबैका लागि अप्रिय भएको उनले बताए । हिमालदेखि तराई सम्मकाजनताको एक सम्मान हक अधिकारको लागि काँग्रेसले आवाज उठाउदै आएको उनले बताए । टोपी र धोति मिलेर अव देशको विकास निर्माणमा अगाडी आउनुपर्ने उनले बताए । सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसले मुलुकलाई विभेद रहित विकास निर्माणको पथमा अगाडी बढने उदेश्य रहेको बताए । नेपाली काँग्रेसका महोत्तरी सभापति महेन्द्र कुमार यादवको अध्यतामा सम्पन्न कार्यक्रममा काँग्रेसका नेता जंगिलाल यादव, औहरी नगरपालिका मेयर सुनिल यादव, काँग्रेस नेता नागेन्द्र यादव लगायतले मनव्य राखेका थिए । कार्यक्रममा तत्कालिन नेकपा तथा माओवादी केन्द्रका नेता नरेन्द्र यादवको नेतृत्वमा ५ सय नेता तथा कार्यकता काँग्रेसका प्रवेश गरेका छन् ।

Comment


Related News

Latest News

Trending News