अपडेट 
२०७७ चैत्र ७, शनिबार ०७:१९

राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका ११ स्थित सडकखण्डमा बिहीबार राती ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिततर्फ जादै गरेको ना.६ ख.३४२५ नम्बरको ट्रकले सोही दिशातफै जादै गरेको ना.६ त.६१९९ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा ट्याक्टर चालक बारा जिल्लाको दक्षिण झिटकैया वडा न. ८ बस्ने बर्ष ३५ क जलिल मियाँ मन्सुरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ठक्करबाट घाइते भएका ट्याक्टर चालकलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा भर्ना गरिएकोमा सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यता प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ भने फरार भएका चालकको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News