अपडेट 
२०७७ चैत्र ७, शनिबार ०७:३०

राजविराज । यहाँ सम्पन्न प्रथम देवसुन्दर स्मृती राष्ट्रिय महिला तथा पुरुष भारोत्तोलन प्रतियोगितामा ४५ केजी यूथ महिलातर्फ रजत पदक बिजेता खेलाडी अम्बिका कुमारी यादवलाई उनी अध्ययनरत विद्यालयले एक भब्य कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

राजविराज ७ स्थित न्यू रोज पब्लिक स्कुलमा शुक्रबार आयोजित कार्यक्रममा विद्यालय संचालक समितिका सदस्य एवं जसपा केन्द्रिय सदस्य दिनेश कुमार यादवले कदरपत्र र नगद पुरस्कार प्रदान गरेर उनलाई सम्मान गरेका हुन् । ११ वर्षिया यादव उक्त विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् । राजविराजमा चैत १ गते सम्पन्न राष्ट्रिय प्रतियोगितामा स्न्याचतर्फ ३० र क्लिन एण्ड जर्कतर्फ ३५ गरि ६५ केजि भार उचालेर उनले सप्तरीका लागि रजत पदक जितेकी थिइन् । ४५ केजि तौल समूहको महिलातर्फ रजत पदक ल्याउने ११ वर्षिया यादव मुलुककै पहिलो फुच्ची खेलाडी भएको नेपाल भारोत्तोलन संघका केन्द्रिय महासचिव तिलक राउतले जानकारी दिए ।

सो अवसरमा पदक बिजेता अम्बिकाले आगामी दिनमा अझ महिनेत गरेर राष्ट्रका लागि स्वर्ण पदक ल्याउने अभिलासा रहेको र यसका लागि निरन्तर अभ्यास गर्ने बताइन् । विद्यालयका प्रधानाध्यापक मुकेश झाको अध्यक्षतामा आयोजित सम्मान समारोहमा नेपाल प्यावशनका केन्द्रिय सहमहासचिव शम्भु यादव, खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज माझी, पत्रकार महासंघका सहसचिव चन्दन यादव, भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादव लगायतले शुभकामना दिएका थिए ।

Comment


Related News

Latest News

Trending News