अपडेट 
२०७७ चैत्र ७, शनिबार ०८:५३

देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थान र प्रदेश २ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ । यस्तै राति प्रदेश १ को पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ । यसैबिच देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

Comment


Related News

Latest News

Trending News